मंगलबार , बैसाख ४, २०८१

काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको उल्लेख गरेका छन् ।

‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’ पत्रमा भनिएको छ ।

उनले पार्टीका कुनै सदस्यलाई निश्कासनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्नसक्ने संसदीय दलको विधानसमेत स्मरण गराएका छन् ।

पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको भन्दै प्रचण्डले भनेका छन्, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

उनले संसदीय दलको नेताका नाममा प्रधानमन्त्री ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाही अनधिकृत भई मान्य नहुने बताएका छन् ।

पत्र बुझाउन संघीय संसद सदस्यहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, दिनानाथ शर्मा गएका थिए ।

वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने बताएका छन् । उनले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्याइने बताएका हुन् ।

बिहिबार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भने,‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ ।’

तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्याइने उल्लेख गरेको थियो । तर, सरकार बनेको तीन वर्ष बितिसक्दा पनि पाँच हजार नपुर्याइएकोमा आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय