शुक्रबार , चैत्र १६, २०८०

एमाले र माओवादीको सहकार्य प्रारम्भ भएसँगै माओवादी केन्द्रका महासचिव देव गुरुङ नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा आफू लागेको बताउछन् । वाम एकताको पक्षधर महासचिव गुरुङ यसअघिसमेत कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्नेमा अडान लिदै आएका छन् ।

भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेसँगै वाम एकीकरणको चर्चासमेत सुरु भएको हो ।

वाम एकीकरणको चर्चा भइरहेकै बेला महासचिव गुरुङको यस्तो धारणा आउनु र तीन कम्युनिस्ट पार्टीका नेताबीच सघन छलफल हुनुले भोलीका दिन त्यो सम्भव रहेको देखिन्छ । ‘सबै कम्युनिस्ट घटकबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा हामी लागेका छौं ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा पाइरहेका बेला महासचिव गुरुङको सो धारणा सार्वजनिक भएको हो । भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् ।

कम्युनिष्टको एकताविना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने भन्दै उनले संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिए । संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनर्स्थापना गर्न सफल भए राष्ट्रिय स्वाधीनतामाथि खतरा र बाह्य शक्तिले चलखेलप्रति नेतृत्वको ध्यान नपुगेको गुरुङको भनाइ छ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक नगर्ने रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई आफ्नै निवास बालुवाटारमा आइतबार निर्देशन दिँदै प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताए । गर्न चाहे हुने रहेछ भन्ने आभाष जनतामा दिलाउन सकिने उनको भनाइ छ ।

‘दुःख, मेहनत, त्याग र तपस्या जे–जे गरेर हुन्छ राम्रो गर्नु पर्दछ, आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो । मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ । तर माओवादीले गरेका ती परियोजना भनेर स्थापित भने भएका छैनन्,’ प्रधानमन्त्री प्रचण्डले भने ।

]अहिलेको परिवर्तनका लागि मुख्य भूमिका निर्वाह गरेको र उज्यालो नेपाल जस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा परिचर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्दै उनले त्यस क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको उल्लेख गरे । प्रधानमन्त्रीले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीका जनताका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय