शनिबार , बैसाख ८, २०८१

काठमाडौँ ।

बैतडीमा एकै परिवारका चार दिदीबहिनी सुरक्षा निकायमा सेवारत छन्। आठ दिदी बहिनीमध्ये तीन बहिनी नेपाली सेना र एक बहिनी नेपाल प्रहरीमा कार्यरत छन् । दुई बहिनी मध्ये एकले नेपाल प्रहरी र अर्कीले नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा छन्। बाँकी दुई जना शिक्षण पेसामा छन्।

बैतडीको मेलौली नगरपालिका–७ गाउँकोटका आठ दिदीबहिनीले प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मको पढाइ पूरा गरेका छन्। भारतीय सेना गोरखा रेजिमेन्टमा कार्यरत करवीर चन्दले छोराको आसैआसमा आठ छोरीको मुहार देखेका थिए।

नेपाल प्रहरीमा कार्यरत सरिता चन्दले भन्नुभयो लाहुरेको घरमा छोरा जन्मेन भनेर गाउँ समाजले कुरा काट्थे रे। छोराको आसमा प्रत्येक दुई वर्षको अन्तरालमा हामी जन्मिएछौँ।

जेठी बबिता चन्द र माइली मञ्जु चन्द गाउँकै विद्यालयमा शिक्षक हुनुहुन्छ। मुन्नी चन्द, इन्द्रा चन्द र अनिता चन्द नेपाली सेनामा कार्यरत हुनुहुन्छ। मनिसा चन्दले नेपाल प्रहरी र अमृता चन्द नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा हुनुहुन्छ ।

सरिताले भन्नुभयो, “अहिले पनि नेपाली समाज छोराको खोजी हुन्छ, त्यो बेला बैतडीको दुर्गम गाउँमा कस्तो थियो होला रु” छोराको आशमा करवीर चन्दले देवी देउताको भाकल र पूजा त धेरै नै गर्नुभएको थियो। तथापि यतिबेला चाहिँ छोरीको सफलता देखेर उहाँ खुसी हुनुहुन्छ। सरिताले भन्नुभयो, “अहिले बुवाआमामा छोरा नहुँदाको पछुतो छैन। बिभिन्न अनलाईनहरुबाट

अनुसन्धानलाई सघाउन जानकारी
नेपाल प्रहरीले यसै वर्ष वैशाखमा ब्यूरो स्थापना गरेपछि मात्र अमेरिकाले निष्काशन गरेका नेपाली आप्रवासीको जानकारी दिन थालेको हो।कार्की भन्छन्: “नेपाल प्रहरीलाई अनुसन्धान गर्न सहज होस् भन्दै त्यस्तो जानकारी दिने गरिएको हो।”

“यस बीचमा हामीले जुटाएका विवरण र फर्किएकासँग लिइएका बयानका आधारमा गैरकानुनी बाटोमा रहेका नेपालीहरूको सङ्ख्या आकलन गरिएको हो।”निष्काशन गरेर पठाइएका नेपालीहरू अधिकांश मानव तस्करमार्फत् अमेरिका पुग्नेहरू छन्।

किन विमान चार्टर्ड गरियो?
सहजै नेपाल फर्कन नचाहनेहरूलाई चार्टर्ड विमानको व्यवस्था गर्ने गरिएको प्रहरी अधिकारीहरू बताउँछन्।फर्काइएकाहरूलाई बुझ्न काठमाण्डू विमानस्थल पुगेका ब्यूरोका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले ती पाँच नेपालीहरूको हात, खुट्टा र घाँटी बाँधिएको देखेको बीबीसीलाई बताए।तस्बिर स्रोत, Reutersरेग्मीले भने: “लाखौँ रुपैयाँ गुमाएको र थुप्रै महिना जेलमा बिताएका कारण उनीहरू विक्षिप्त देखिन्थे।”

“त्यही भएर व्यावसायिक वायुसेवाले ल्याउन नमानेका कारण चार्टर्ड विमानमा पठाएको देखिन्छ।”प्रहरीको यो भनाइको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।ती पाँच नेपालीहरू अमेरिकाको जोर्जिया, लुइजियाना, टेक्सस, क्यालिफोर्निया र वाशिङटनबाट समातिएका बताइएको छ।

कष्टकर मार्ग
कम्तीमा छ महिनाको कष्टकर र त्रासदीपूर्ण बाटोबाट अमेरिका पुग्ने बित्तिकै समातिनेहरू पछिल्लो समय निष्काशनमा पर्ने गरेको बताइएको छ।मानव तस्करले विभिन्न मार्ग हुँदै आठदेखि १२ देश कटाएर दक्षिण अमेरिकी देशहरूको बाटो भएर अमेरिका पुर्‍याउने गरेको प्रहरी विवरणले देखाउँछ।

सरकारको पहिलो काम जटिल र चुनौतीपूर्ण अर्थतन्त्र सुधार : प्रधानमन्त्री दाहाल
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको पहिलो काम नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई

सुधार्ने हुने बताएका छन् । नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताएका हुन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकपछि दाहालले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए ।

राहदानी, लाइसेन्समा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

मन्त्रिपरिषद्को बैठकले चाँडै नै प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको पनि दाहालले जानकारी दिए । प्रधानमन्त्री दाहालले गम्भीर रुपले देश र जनताका

समस्याहरुको सम्बोधन गर्ने प्रतिबद्धता जनाए । ‘जनतामा आम रुपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । हाम्रो देशको अघि थुप्रै जटिलता र चुनौतीहरु छन् ।

तर यो मन्त्रिपरिषद् जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा मतदान जस्तो प्रकृति देखियो, परिणाम जस्तो देखियो त्यसलाई समेटेको छ, यो मन्त्रिपरिषद्ले ।

एउटा आशा जगाएको छ । हामीले आजको बैठकमा नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशातिर छ त्यसलाई सुधार्ने, प्रभावकारी उपायमा केन्द्रित भएर अघि बढ्ने कुरा ।

सुशासनतिर गम्भीर ढंगले अघि बढ्नेकुरा र जनताले ठाउँ ठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउने बारे ।

जस्तो राहदानी, लाइसेन्ससम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ । प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेका छौँ । हामीले गम्भीर रुपले देश र जनताका अघि रहेका समस्याहरुलाई सम्बोधन गर्न केन्द्रित हुनेछौँ,’दाहालले भने ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा आउनुभएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे । सोमबार अपरान्ह प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए ।

प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल,

नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले शपथग्रहण गरेका हुन् ।

त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय