शनिबार , बैसाख ८, २०८१

काठमाडौं :
नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देश गरेको छ। फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो।

संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाडले अनौपचारिक रुपमै काठमाडौं बाहिर नजान र नगइ हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन्।

नेकपा आधिकारिकता विवादमा आयोगले चाँडै निर्णय गरोस्: पाँच पूर्व प्रमुख निर्वाचन आयुक्त

राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भन्दै पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

नेकपामा आधिकारिकता विवादमा ढिलाइ गरेको भन्दै पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले उक्त कुराको ध्यानाकर्षण गराएका हुन्।

बुधबार पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ- राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भनि निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरूले हामीलाई गम्भीर बनाएको छ।

आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा असर पार्ने भन्दै त्यसतर्फ गम्भीर रहन उनीहरूले आग्रह गरेका छन्।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधिप्रसाद यादव, दोलख बहादुर गुरूङले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय