मैले प्रधानमन्त्री मागेको छैन, अफर आए छोडिन्‍नँ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री नमागेको तर अफर आए नछोड्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आफूले नमागेको तर जिम्मेवारी पाए नछोड्ने बताएका हुन् ।

‘मैले प्रधानतमन्त्री मागेको छैन’, देउवाले भने, ‘जिम्मेवारी छोड्दिन ।’ देउवाले आफूलाई हतार नभएको तर जिम्मेवारी दिए त्यसलाई स्वीकार गर्ने बताएका हुन् ।

पुस ५ गते प्रधानमन्त्री केपी अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ ।

एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपाका दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् ।

देउवाले भने पार्टीको आधिकारिकता विवाद पहिला समाधान गर्न प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

२०७७ फाल्गुन १९, बुधबार १४:४१ गते 0 Minutes 95 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार