शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

विराटनगर
नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको सु’रक्षा आफ्नो पार्टीले गर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आफ्नो ज्या’न ख’तरामा रहेको बताएका थिए।

२४ घण्टा नै सुरक्षा घेराभित्र हुने प्रधानमन्त्रीले सुर’क्षा ख’तरा रहेको बताएको भोलिपल्ट त्यसतर्फ व्यङ्ग्य गर्दै नेता नेपालले सबैले बिचार गर्नुपर्ने बेला आएको बताएका हुन्। ‘मुलुककै प्रधानमन्त्री आफ्नो ज्या’नको खतरा छ भनेर हिँडिरहेका छन्। यो निक्कै ग’म्भीर कुरा हो’, उनले भने, ‘मुलुकमा प्रधानमन्त्री असु’रक्षित हुन हुँदैन। प्रधानमन्त्रीको जीवन सुर’क्षित गर्ने कामको जिम्मेवारी हामीले बोक्नुपर्ने हो भने पनि त्यसका लागि तयार छौँ।’

विराटनगरमा प्रेस संगठन नेपाल मोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफू वर्षौदेखि ज्यानलाई जोखिममा राखेर हिँडिरहेको पनि बताए। नेता नेपालले प्रधानमन्त्रीको सुर’क्षाका लागि आफ्नो पार्टीले पहल गर्ने बताउँदै मुलुकमा प्रधानमन्त्रीलाई असुर’क्षित हुन दिन नहुने तर्क राखे।

उनले प्रतिगमनविरुद्ध संघर्षमा उत्रिएका दलहरुसँग मिलेर र हातेमालो गरेर नयाँ सरकार बनाउने पक्षमा आफूहरु रहेको पनि बताएका छन्। नेकपा, कांग्रेस र जसपा (जनता समाजवादी पार्टी) मूल तीन पार्टीहरुबीचमा छलफल भएर नयाँ सरकार गठन गरिने उनको भनाइ छ। ‘कांग्रेससँग छलफल चलिरहेको छ। जसपाले के निर्णय गर्छ भन्ने हेर्न बाँकी छ,’ नेता नेपालले भने, ‘जसरी पनि सहमतिमै नयाँ सरकार गठन हुन्छ। हामीलाई प्रधानमन्त्री चाहिँदैन भनिसकेका छौँ।’

उनले कांग्रेस र जसपा जसलाई भए पनि प्रधानमन्त्री सुम्पन आफ्नो दल तयार रहेको बताए। नेकपाले प्रधानमन्त्री दाबी नगर्ने भएकाले अरुलाई नै छाड्न तयार रहेको नेपालले स्पष्ट पारेका हुन्। उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव जसरी पनि दर्ता गरिने बताए। ‘हामीले उहाँहरु (कांग्रेस, जसपा)लाई तपाईहरु प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुस् हामी साथ दिन्छौँ भनेका छौँ,’ नेपालले भने, ‘हैन भने हामीले ल्याउँदा साथ दिनुस् भनेका छौँ।’ यसअघिको अविश्वास प्रस्तावका बारेमा भने सर्वोच्चको फैसलाको असर हेरेर संसद सचिवालयले निर्णय लिनुपर्नेमा उनको जोड छ।

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रति’गमनमा लागेका व्यक्तिका हकमा प्रश्चाताप र गल्ती महसुस गरेर आएमा पार्टीभित्र स्वागत गर्न तयार रहेको पनि उनले बताए। तर प्रतिगमनका मतियार र बहाकबाट भने मुक्ति चाहेको उनको जिकिर थियो। असंवै’धानिक कदमलाई सच्याउँदै संसद पुनस्थापनाको फैसला गरेर सर्वोच्च अदालतले ऐतिहासिक र साहसिक काम गरेको नेपालको भनाइ थियो। सर्वोच्चको फैसलाले शक्ति र संविधानवादको जित भएको उनले बताए।

नेता नेपालले आफूहरु नै आधिकारिक नेकपा भएको र निर्वाचन आयोगले पनि त्यसको संकेत दिइसकेकोे बताए। चार सय ४१ जना केन्द्रीय सदस्यबाट निर्णय गराएर दाबी गरिएका कारण आयोगले आफूहरुलाई आधिकारिक मानिसकेको र आयोगले आधिकारिकता दिन मात्रै बाँकी रहेको उनको जिकिर थियो।

बहुमत कसको साथमा छ भन्ने कुराको जुनसुकै प्रमाण पनि आफूहरु दिन तयार रहेको उनको भनाइ थियो। ‘हामी रगत, खकार, पासपोर्ट, नागरिकता जुनसुकै प्रमाण दिन पछि तयार छौँ। लाइसेन्स पनि दिन्छौँ,’ नेपालले भने, ‘तर मेरो चैँ लाइसेन्स पुरानो भएर रिन्यू फेल (नवीकरण नगरेको) भएको अवस्थामा छ। त्यो पनि चाहिन्छ भने दिन तयार छु।’

चार सय ४१ जनाको बहुमतले गरेको निर्णय आयोगले मान्नै पर्ने जिकिर गर्दै उनले बहुदल र लोकतन्त्रमा बहुमत शक्तिशाली हुने दाबी गरे। ओलीप्रति लक्षित गर्दै नेपाल नेपालले भने, ‘एउटा सानो चोइटो बालुवाटारमा बसेकोबस्यै छ। यता विशाल पार्टीको बैठक भएकोभयै छ। दुईतिहाईभन्दा बढी हामीसँग हुँदा पनि आयोगले निर्णय लिन सकेको छैन। आयोगले कहिले निर्णय गर्छ भन्ने कुराको जिम्मा चैँ हामी लिन सक्दैनौँ।’ तर आयोगलाई भड्काउने पक्षमा आफूहरु नरहेको र नेपाली जनतालाई खुशी पार्ने पक्षमा रहेको उनले बताए।

कुनै पनि कुराबाट असफल भएपछि तत्काल राजीनामा दिनुपर्ने संसारकै प्रचलन रहेको नेता नेपालको भनाइ छ। ‘आफूले चालेको असंवैधानिक कदम सच्चिसकेका कारण ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने हो,’ उनले भने, ‘हामीले निस्कासित गरिसकेकाले अब ओली पार्टी सदस्य पनि छैनन्।’

नेता नेपालले आफ्नो ओलीसँगको सम्बन्ध सकिएको जिकिर पनि गरे। ‘पहिले राजनैतिक सहयात्री थियौं। अब सम्बन्ध सकिसकेको छ,’ नेता नेपालले भने, ‘सम्बन्ध अब इतिहासमा सीमित रहन्छ। अहिले ओलीसँग केही पनि सम्बन्ध छैन।’ एसीसीको प्रसंगमा उनले मुलुकको हितमा रहने जुनसुकै कुरामा पनि आफ्नो पार्टी नकारात्मक नरहने बताए।
अन्नपुर्ण पोष्टमा खवर छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय