शुक्रबार , चैत्र १६, २०८०

एजेन्सी


हरेक व्यक्तिका केही राम्रा अनि केही नराम्रा बानी हुन्छन् । त्यसैले उसलाई जीवनमा अघि बढ्न वा पछाडि हट्न प्रेरित गर्छ ।

जीवनमा सफलता पाउनका लागि कठिन परिश्रमका साथसाथै राम्रा बानी पनि विकसित गर्नु जरूरी छ ।

हामीमध्ये धेरैले नराम्रो बानी छोडेर राम्रो बानी अपनाउन अल्छी मान्छौं । यसो गर्ने मानिस असफल हुन्छन् अनि कुनै पनि काममा सक्रिय रहँदैनन् ।

तर तपाईंले राम्रो बानी अपनाउनुभयो भने अघि बढ्न सहज हुन्छ र तपाईंमा सकारात्मकता र ऊर्जा आउँछ ।

बिहान खाली पेट पानी पिउने बानी बसाउनुस् । यसले तपाईंलाई ऊर्जा दिन्छ र पाचनप्रणालीलाई राम्रो बनाउँछ । यो सजिलो बानी हो र यसबाट धेरै लाभ हुन्छ ।

सधैं गम्भीर हुनुभन्दा हाँस्नु र मुस्कुराउनु राम्रो बानी हो । यसले तपाईं निराशा र तनावबाट बचाउँछ । अनुहारमा मुस्कान हुँदा आधा समस्याहरू समाधान हुन्छ । त्यसैले कठिन परिस्थितिमा पनि मुस्काउने प्रयास गर्नुस् ।

जिन्दगी भनेको सधैंको सिकाइ हो । सिक्नलाई कहिल्यै अल्छी नगर्नुस् । प्रत्येक चुनौती स्वीकार गर्नुस् । यसो गर्दा तपाईं मच्योर हुनुहुनेछ ।

बहाना बनाएर काम टार्ने नगर्नुस् । यसरी काम टार्ने बानी बन्दा सफलता तपाईंबाट टाढा भाग्छ । कुनै काम गाह्रो भएमा बहाना बनाउनुको साटो कोशिश गरिरहनुस् ।

तपाईंसँग भएको कुरामा नै खुशी हुन सिक्नुस् । दिनभरि भोगेको कुरालाई याद गरेर राति सुत्ने बेलामा तिनीहरूप्रति आभार प्रकट गर्नुस् । यसो गर्दा तपाईं सकारात्मक विचारले भरिनुहुनेछ ।

संगीत सुन्ने बानी बसाउनुस् । संगीत सुन्दा आनन्द मात्र पाउने हैन, यसले ध्यानको पनि काम गर्छ । संगीतले तपाईंलाई ऊर्जा दिन्छ र तपाईं तनावबाट मुक्त हुनुहुन्छ ।

खानामा कहिल्यै लापरवाही नगर्नुस् । समयमा उचित खाना नखाँदा बिरामी परिन्छ । स्वास्थ्य खराब पार्ने जंक फूडहरू नखानुस् ।

कविता, चित्रकला, स्विटर बनाउने, डायरी लेख्ने, नयाँ मान्छेसँग भेट्ने लगायतका जुनसुकै भएपनि बानी बनाउनुस् । यसले गर्दा तपाईंको मन काममा लाग्छ । तपाईंको सिर्जनात्मकता देखिने काम गर्दा खुशी प्राप्त हुन्छ । आफ्नो कला पनि अरूलाई देखाउनुस् ।

स्मार्टफोन घरिघरि नखोल्नुस् । मानिसहरूसँग भेटघाट हुँदा फोन चेक गर्न नथाल्नुस् । त्यसो गर्दा उनीहरूले अपमान गरेको ठान्छन् । घरिघरि फोन चेक गर्नु एक रोग नै हो र वैज्ञानिकहरूले यसलाई फबिङ नाम दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय