बुधबार , बैसाख १२, २०८१

Nepalirajneeti

प्रधानमन्त्री केपी ओली नेपालको इतिहासकै कातर प्रधानमन्त्री रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बताएका छन् ।

सर्लाहीको पश्चिमी क्षेत्र धनकौलमा आयोजना गरिएको आमासभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफ्नो ज्यानको खतरा रहेको बताउने प्रधानमन्त्री जनताको सुरक्षा गर्न नसक्ने बताएका छन् । जुन देशको प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन् । त्यो जनतालाई कसरी सुरक्षित राख्न सक्छ भनेर प्रश्नसमेत गरेका छन् ।

पोखरा पुगेर आफ्नो ज्यानको खतरा रहेको बताउनु देशका लज्जाको विषय भएको थापाले बताएका छन् । सयौं सुरक्षाकर्मीको बीचमा रहने प्रधानमन्त्रीले यस्तो कुरा गर्नु लज्जास्पद कुरा हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र ब्रिफकेश गणको बीचमा रहेको प्रधानमन्त्रीले यस्तो कुरा गर्नु अनैतिक भएको उनले सुनाए ।

आफ्नो र जनताको ज्यान जोगाउन नसक्ने लुते प्रधानमन्त्रीको आवश्यक्ता छैन् । योग्यता र क्षमताको अधारमा ओली प्रधानमन्त्री हुन लायक नभएको उनको भनाइ छ । पोखरामा जसरी आफ्नो ज्यानको खतरा रहेको बताउनु नेपाली जनताका लागि दुःखद कुरा भएको थापाले बताए ।

अर्को प्रसंगमा थापाले सर्वोच्च अदालतको निर्णय स्वागत योग्य भएको बताए । देश र जनताको पक्षमा फैसला गर्ने अदालतलाई सलाम छ । अदालतले संविधानले दिएको जिम्मेवारीलाई पुरा गरेको छ । अब ठ्क्याकै यस्तै अवस्था निर्वाचन आयोगको आएको छ ।

उनले निर्वाचन आयोगले ओलीलाई सूर्य चिह्न दिन्छ कि प्रचण्ड नेपाललाई दिन्छ त्यो कांग्रेसको चासोको विषय नभएको बताए । तर, निर्वाचन आयोगलाई प्रयोग गरेर प्रधानमन्त्री र प्रचण्ड नेपाल समूहले देशलाई बन्धक बनाउने काम गरेको आरोप लगाए ।

अब देशलाई हाक्ने जिम्मा कांग्रेसको काँधमा आएको छ । काँग्रेसको सरकार भए यस्तो अवस्था कहिले नआउने उनले जिकिर गरेका छन् । थापाले कार्यक्रममा जनता समाजवादी पार्टीले समेत देश र प्रदेशलाई डुबाउने काम गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय