बिहिबार , चैत्र १५, २०८०

एजेन्सी,

एक मानिसले औसत ५ हजारसम्म अनुहार सम्झन सक्दो रहेछ । बेलायतको योर्क विश्वविद्यालयका शोधकर्ताहरूले आफ्नो प्रयोगमार्फत मानिसले कति जनासम्मको अनुहार सम्झन सक्छ भन्ने पत्ता लगाएका हुन् । उनीहरूको शोधमा सञ्चार माध्यममा देखेका र व्यक्तिगत जीवनमा देखेका अनुहार सामेल गरेका थिए ।

‘प्रोसेडिङ्स अफ द रोयल सोसाइटी बी’ पत्रिकामा प्रकाशित शोधपत्र अनुसार एउटा आधार प्रस्ताव गरियो जसमा मानिसको अनुहारको तुलना अनुहार चिन्ने सफ्टवेयरबाट गरियो । यस्तो प्रविधिको प्रयोग एयरपोर्ट वा प्रहरी चेकजाँचमा गरिन्छ । योर्क विश्वविद्यालयका रोव जेनकिन्स भन्छन्, ‘हाम्रो अध्ययन के कुरामा केन्द्रित थियो भने मानिसले साँच्चै कत्तिको अनुहार चिन्छ ? तर हामीले मानिसको मस्तिष्कले कतिको अनुहार चिन्न सक्छ भन्ने अहिलेसम्म पत्ता लगाउन सकेका छैनौं ।’

शोधमा मानिसलाई एक घण्टामा ती मानिसको नाम लेख्न भनियो, जो उनीहरूको जीवनसँग जोडिएका छन् । यसमा विद्यालय, कलेज र परिवारजनसमेत पर्छन् । त्यसपछि उनीहरूलाई मसहुर हस्तीहरूको नाम लेख्न भनियो जो नेता, अभिनेता वा प्रसिद्ध व्यक्ति छन् । यस क्रममा सहभागीलाई पहिले त निकै मानिसको नाम आयो तर पछि अनुहार सम्झन निकै मुस्किल हुन थाल्यो । यसको परिणाम मानिसले एक हजारदेखि १० हजारका बीचमा अनुहार चिन्न सक्छन् भन्ने पुष्टि भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय