शनिबार , बैसाख ८, २०८१

एजेन्सी

कैयौं यस्ता पनि स्कुल छन् जहाँ आफ्नो विद्यार्थी आए आएनन् हेरचाह नै गर्दैनन् । तर तंजानियामा बच्चाहरु स्कुल नगएमा माता पितालाई सजाय तोकिएको छ । विद्यालय नजानेको सख्यामा बृद्धि हुँदै गएपछि त्यहाँको सरकारले यस्तो फैसला गरेको हो ।

तंजानियाको सरकारको अनुसार बच्चाहरुले विद्यालय छाडाउनु अपराध हो । यसरी बच्चाहरुलाइृ शिक्षाको अधिकारबाट रोक्न मनाही गरिएको छ । बच्चाहरु स्कुल पठाउनु अनिवार्य गरिएको हो ।

गरीब देश तंजानियामा कृषि कार्यमा ८० % मानिसहरु लागेका छन् ।

धेरै कमाईको लागि प्राय बच्चाहरुलाई खेती गर्न तथा फल तथा तरकारी बेच्नलाई अभिभावकहरुले लगाउने गर्छन् । अब भने विद्यालय नपठाएर घरमा काम गर्न लगाउने अभिभावकहरुलाई दण्ड दिने निर्णय गरेको छ ।

तर कस्तो दण्ड दिने हो यसमा भने हालसम्म केही खुलाएको छैन् । राजनितिक टिप्पणीकारको अनुसार विशेष कानुनको व्यवस्था गर्नुपुर्व नै अभिभावकहरुलाई यो सन्देश पुग्नेछ र संयमित हुनेछन् ।

युनीसेफको अनुसार तंजानियामा २००२ मा प्राथमिक शिक्षाबाट मुक्त गरेपछि २०११ मा ७ देखि १३ वर्षसम्मका बच्चाहरु विद्यालय जाने ९४% भएका थिए ।

अभिभावकहरुले स्कुल निशुल्क भएपनि किताब, ड्रेस र स्कुल बसको खर्च गर्नुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय