शुक्रबार , चैत्र १६, २०८०

Nepali rajneeti

प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाएर देखाउन प्रचण्ड र माधवकुमार नेपाललाई चुनौती दिएका छन् । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि संसद जितेर ल्याएको बताएकोप्रति आक्रोश पोख्दै ओलीले यस्तो चुनौती दिएका हुन् ।

‘संसद मुद्दा जितेर ल्याउनुभएको हो भने केपी ओलीलाई पनि हटाएर जितेर देखाउनुहोस्’, प्रचण्ड र नेपालप्रति लक्षित गर्दै ओलीले भने, ‘केपी ओलीलाई हटाएर देखाउनुहोस् फेरि तीन करोड जनताको मन र मत जितेर जनताको सेवा गर्न फर्किनेछु।’

ओलीले बलिदान पूर्ण संर्घष गरेर ल्याएको लोकतन्त्रलाई मर्न नदिनेसमेत बताएका छन् । उनले अहिले पनि आफू सही बाटोमा रहेको बताए । उनले प्रचण्ड र नेपाललाई झुसे बारुलाको संज्ञा दिँदै फुर्ती नलगाउन सुझाव दिए ।

‘अहिले पनि हामी सही बाटोमा छौँ । झुसे बारुलाहरुले फूर्ति नलगाए हुन्छ’, ओलीले भने, ‘संर्घष हाम्रो जीवन हो भन्ने हामीलाई राम्रो थाहा छ ।’

प्रधानमन्त्री ओलीले जनताले ल्याएको परिवर्तनको रक्षा जनताले नै गर्ने बताए ‘नेपाली जनताले ल्याएको यो परिवर्तन नेपाली जनतालेनै यसको रक्षा गर्छन्’, ओलीले भने ।

चीन–नेपाल औद्योगिक पार्क शिलान्याससँगै विभिन्न पुल उद्घाटन कार्यक्रममा सहभागी हुन् झापा आएका ओलीले अधिकांश समय प्रचण्ड र नेपालको आलोचनामा खर्चिए ।

ओलीले जीवनमा कमै मात्र मुद्दा जितेको तर जनताको साथ भएपछि मुद्दा हारेर फरक नपर्ने बताएका हुन् ।

‘जीवनमा कमै मात्र मुद्दा जितेको छु । गल्ती गर्दिन तर मुद्दा हार्छु । आफू सही छु तर पनि मुद्दा हार्छु’, ओलीले भने, ‘त्यसैले अहिले सर्वोच्च अदालतमा हारेको मुद्दा पनि मेरो लागि अनौठो होइन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय