बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं :
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको मान हानि हुने कुनै अभिव्यक्ति नदिएको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरेका छन् ।

अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भनेपछि प्रचण्डले आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका हुन् ।

उनले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम मात्र गरेको बताएका छन्। आफ्नो उक्त कार्यबाट अदालतको अवहेलना हुनै नसक्ने उनले उल्लेख गरेका छन्।

उनले लिखित जवाफमा भनेका छन्। ‘निवेदकको बुँदा नम्बर ३–४ मा उल्लेख संवैधानिक व्यवस्था स्वीकार गरेर नै संवैधानिक अदालतमा हाम्रो पार्टीका सांसदले रिट निवेदन लिएर आएको तथ्य स्पष्ट नै छ । हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव हो’, उनले लिखित जवाफमा उल्लेख गरेका छन्, ‘यस्तो कुरा स्मरण गर्नु, व्यक्त गर्नु मुद्दाको पक्षको अधिकार नै हो । तर, सो कुरा व्यक्त गर्न नै नपाउने, आशा, भरोसा गर्न नपाउने विधिशास्त्रीय कुराभित्र पर्दैन ।’

फैसलामा मुद्दाका पक्षले सन्तोष, असन्तोष व्यक्त गर्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले फैसला अवज्ञा गर्ने वा फैसला उल्लंघन गर्ने काम आफू र आफ्नो दलबाट हुनु नहुने बताए ।

आफूहरुको जुलुस र भाषणले न्यायपालिकालाई प्रभाव नपार्ने बताउँदै उनले भने, ‘सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन् ।’
अन्नपुर्ण पोष्टमा खवर छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय