शुक्रबार , चैत्र १६, २०८०

कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो बर्ष कतारमा सम्पन्न विश्वकपमा १७२ गोलको कीर्तिमान् बनेको छ । आइतबार राति भएको अर्जेन्टिना र

। फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टीमले बराबर तीन गोल गर्दै कूल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए ।

फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको ‘पेनाल्टी सुट आउट’मा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि चुम्न सफल भएको हो । मेस्सीको कप्तानीमा ३६ वर्षपछि अर्जेन्टिनाले कतार विश्व कपको उपाधि जितेको थियो । अर्जेन्टिनाले उपाधि हात पारेसँगै अर्जेन्टिनाका समर्थकहरुले आ–आफ्नो तरिकाले खुशी साटासाट गरिहेका छन् ।

विश्वकपको उपाधि हात पारेको खुशीमा मेस्सीका एक फ्यानले एक्लै ९ घण्टा सडक सफाई गदै जितको खुशी मनाएका छन् । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि हाँसिल गरेको खुशीमा मकवानपुरको हेटौंडा–१७ निवासी प्रदिप थापाले सोमबार बिहान ७ बजेबाट अपरान्ह ४ बजेसम्म ९ घण्टा एक्लै सडक सरसफाई गरेर जितको खुशी मनाएका हुन् ।

फोहोर हाल्ने बोरा, बोक्ने रिक्सासँगै नेपाल र अर्जेन्टिनाको एक-एक थान झण्डासँगै आई लभ मेस्सी लिखित तस्वीर लिएर थापाले ९ घण्टा सरसफाई गरेका थिए । थापाले हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गत हेटौंडा-१७ को सालक पार्कबाट हेटौंडा-५ क्याम्पाडाँडासम्मको ७ किलोमिटर सडकमा भएका फोहोर संकलन गरेका थिए ।

समाजमा सकारात्मक सन्देशसँगै वातावरणको स्वच्छता कायम राख्न मद्दत पुगोस् भन्ने उदेश्यले अर्जेन्टिनाको जितेको खुशीमा सडक सरसफाई गरेको थापाको भनाइ छ ।

थापाले संकलन गरेको करिब ७ बोरा फोहोर हेटौंडा-१० राप्ती खोला किनारमा रहेको ल्यान्डफिल्ड साईड (फोहोर पाल्ने स्थान) मा बिर्सजन गरिएको थियो । हेर्नुहोस तस्बिरहरु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय