Nepali Rajneeti

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । उनले प्रतिनिधि सभा पुनःस्थापना भएपछि यस्तो खतरा बढेको बताए ।

उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं ।

न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ । हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरी संसद सांसदहरुको खरिद बिक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरी दलहरूको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’

मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए ।

सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको बताए ।

गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भएपनि ऋणात्मक नहुनु सकारात्मक भएको पनि बताए ।

तीन वर्ष सम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थान माथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको पनि बताए ।
Ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय