बिहिबार , बैसाख १३, २०८१

महानगरपालिकाले महानगरीय प्रहरीमाथि भएको घातक हमलामा आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गर्दै दिएको उजुरीलाई जिल्ला प्रहरी काठमाडौंले बेवास्ता

गरेको महानगरपालिकाले जनाएको छ । आक्रमणकारीको विवरणसहित उजुरी दर्ता गरे पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।

नगर प्रहरीमाथि आक्रमण गर्ने आठजनाको विवरण उजुरीमा खुलाइएको छ । तर, नेपाल प्रहरीले आक्रमणकारीलाई कारबाही नगरेको महानगरले आरोप लगाएको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरीय प्रहरीमाथि आक्रमण गर्नेलाई नेपाल प्रहरीले कारबाही नगरेको बताउनुभएको छ । ‘हामीले तत्काल कारबाही गर्न माग गरेका थियौं,तर उजुरीमा नेपाल प्रहरीले कुनै कारबाही नगरेको उहाँले बताउनुभयो ।

उनका अनुसार थापाथलीमा अवैधानिक तवरले बनाइएको सुकुम्बासी बस्ति भत्काउन महानगरपालिकाले महानगरीय प्रहरी परिचालन गरेको थियो । सोही क्रममा प्रदर्शनकारिहरुले महानगरीय प्रहरीमाथि कुटपिट गरेका थिए । यस क्रममा ३६ नगर प्रहरी घाइते भएका छन् भने केही गम्भीर घाइतेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, काठमाडौं प्रहरीका प्रवक्ता दिनेशराज मैनालीले भने उजुरीका आधारमा काम भइरहेको जानकारी दिनुभएको छ। उनले भने, ‘उजुरी आएपछि अनुसन्धान गरिरहेका छौँ तर कोही पक्राउ परेका छैनन् ।

तर, काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले भने, ‘हामीले कारबाही मागेको उजुरीमा नेपाल प्रहरीले ध्यान नदिएको बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय