शुक्रबार , बैसाख ७, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई लोकप्रिय मत दिएकोमा धन्यवाद दिएका छन्। नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको छ।

मंसिर ४ मा भएको चुनावमा एमालेले प्रतिनिधि सभा समानुपतिकमा २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ। समानुपातिकमा दोस्रो धेरै मत ल्याएको नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मतमात्रै ल्याएको थियो। कांग्रेसभन्दा धेरै मत ल्याएको एमालेले समानुपातिकतर्फ कांग्रेसभन्दा २ सिट धेरै जितेको छ।

एमालेले समानुपातिकतर्फ प्रतिनिधि सभामा ३४ सिट जितेको हो। प्रत्यक्षतर्फ भने एमालेले ४४ सिट जितेको छ। प्रतिनिधि सभामा अब एमाले दोस्रो ठूलो दल भएको छ। एमालेका ७८ जना सांसद छन्।

अध्यक्ष ओलीले लोकप्रिय मतमा एमाले पहिलो भएकोमा मतदातालाई धन्यवाद दिएका हुन्। २०७४ सालमा वामगठबन्धन गरेर चुनावमा गएको एमालेले अहिलेको तुलनामा धेरै सिट जितेको थियो।

त्यसबेला एमालेले प्रत्यक्षमा ८० र समानुपातिक ४१ गरी प्रतिनिधि सभामा १२१ सिट जितेको थियो। यसपालिको चुनावमा पनि एमालेले केही क्षेत्रमा जसपा र राप्रपासँग चुनावी तालमेल गरेको थियो।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय