
काठमाण्डाै,
नेता बामदेव गौतमले नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको बिषयमा फैसला गरेर १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन परमादेशसमेत जारी गरे पश्चात नेकपा प्रचण्ड–माधव समुह सरकार पुर्नरगठनको कसरतमा लागेका छन् ।
यसै समयमा आँफु तटस्थ रहेको बताउदै आएका नेता बामदेव गौतमले अध्यक्ष ओलिसंग भएको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरीएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् ।
स्रोतका अनुसार गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन् ।
यसअघि बिहीबार प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।
नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद् विघटन पछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेकको बताएका छन् ।