काठमाडौं ,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि आज पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै, गत मंगलबार पुनःस्थापनाको फैसला सुनाएको थियो साथै सर्वोच्चले १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन परमादेशसमेत जारी गरेको थियो ।

सर्वोच्च अदालतको फैसला पछिको पहिलो पटक बस्न लागेको आजको मन्त्रिपरिषद् बैठकले संसद बैठक आव्हानको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ। गत फागुन ११ गते प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी संलग्न संवैधानिक इजलासले पुष ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको थियो।

सर्वोच्च अदालतको फैसला संगै नेकपा प्रचण्ड–माधव समुह लगातका बिभिन्न दलहरुले प्रधानमन्त्रीको राजिनामा माग्दै आईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय