शनिबार , बैसाख ८, २०८१

काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी पक्षधर नेता कार्यकर्तालाई पार्टी एकताका लागि आव्हान गर्ने भएका छन् ।

प्रचण्डले आज नेकपा उपाध्यक्ष वामदेव गौतमसँगको भेटमा त्यस्तो आव्हान गर्ने जानकारी दिएका हुन् ।

गौतम निकट स्रोतका अनुसार प्रचण्डले ओलीलाई प्रतिनिधि सभा विघटनको कदम चालेर गल्ती गरेकाले आत्मालोचना गर्न भन्नेछन् ।

उनले ओली समूहमा गएकाहरुलाई पनि फर्कन आव्हान गर्नेछन् । त्यसका साथै पार्टीलाई एकढिक्का बनाएर लानेबारे छलफल गरी एकताको आव्हान गर्नेछन् ।

पार्टीलाई एक बनाएर लानुपर्नेमा गौतमले जोड दिएपछि प्रचण्ड सकारात्मक भएका थिए ।

विश्वस्त स्रोतका अनुसार गौतमले ओलीले गल्ती गरेको र उनको साथमा रहेकाहरुलाई पनि दोष दिन नमिल्ने भन्दै एकताका लागि सबैले छाति फराकिलो पार्नुपर्नेमा जोड दिएका थिए ।

गल्ती गर्नेले आत्मालोचना गर्दै भविष्यमा गल्ती नगर्ने गरी अगाडि बढ्न गौतमले जोड दिएका थिए ।

प्रचण्डले पार्टीमा सबैलाई फर्काउनुपर्ने भन्दै गौतमलाई पनि जिम्मेवारी सुरु गर्न भनेका थिए ।

‘तपाईं पनि फर्किएर जिम्मेवारी सम्हाल्नुपर्यो,’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

गौतमले आफू पार्टी एकताको अभियानमा रहेकाले साथमै रहेको बताएका थिए । उनले पार्टी एक नभएसम्म अभियान नछाड्ने बताएका थिए ।

नेकपा विभाजनको अवस्थामा रहेपनि निर्वाचन आयोगमा एउटै रहेको छ । आयोगले अहिलेसम्म कुनै निर्णय दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय