मंगलबार , बैसाख ४, २०८१

काठमाडौं,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता महेश बस्नेतले सर्वोच्च अदालतले संसद पूनःस्थापना गर्ने गरेको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिलाई कुनै धक्का नलागेको टिप्पणी गरेका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीको पक्षमा नै जनता रहेको दाबी गरे । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपालले सत्ता लिप्सा देखाएको गम्भीर आरोप लगाएका छन् ।

प्रचण्ड र माधव नेपालहरुले खाएको लड्डु अब दुई चार दिनभित्रै तितो हुने पनि उनको टिप्पणी छ ।

मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुसी भएर, जित्यौं हामीले भनेर ।’

नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले भने, ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’

मंगलबार सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि चितवनमा प्रचण्ड र माधव नेपालले लड्डु बाँडेर खुशियाली मनाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय