बिहिबार , बैसाख ६, २०८१

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर लैजाने बताएका छन्।राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघसंगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ। र,

त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ। जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ’, लिङ्देनले भने। उनले राप्रपाको कमिकमजोरी सच्चाएर कांग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए।

‘राप्रपाको ३१ वर्षको इतिहासमा खिइँदैखिइँदै कमजोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कमजोर अवस्थामा छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको रूपमा समेत छैन। विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकण गर्‍यौँ। एकीकरण गरेको दुुई

वर्ष वित्दा पनि हाम्रा नेताहरूले पार्टीमा सुधार र विकासका कुनै संकेतहरू देखाउनु भएन। यो बीचमा ठूलाठूला राष्ट्रिय मुद्दाहरू र घटनाहरू भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन। त्यस्तो अकर्मण्य मात्र भएन, बरु उहाँहरू झगडा गरेर बस्नुभयो।’

नेतृत्व परिवर्तनका अनेकौं आयाम र उपलब्धिभित्र हिजोका दिनसम्म अघिल्ला महाधिवेशनमा एउटा नेताको कार्यकर्ता र मान्छे भएर जाने गरिए पनि आजबाट सबै राप्रपाका मानिस भएर जाने उनले बताए।

‘आजबाट कुनै गुट छैन कोही कसैको मानिस होइन सबै राप्रपा हुन्। हामी व्यवहारत: पनि त्यसै हिसाबले अघि जान्छौं,’ उनले भने, ‘राप्रपाका तमाम नेता कार्यकर्ताको शिर झुकाउने कुनै काम हुन दिइने छैन।’

नविन राप्रपा निर्माणमा एक साथ मिलेर अघि बढ्ने भन्दै आफूहरुले नेतृत्व परिवर्तनका लागि उम्मेदवारी दिएको र त्यसमा सफलता हासिल भएको उनले बताए।

‘२०४६ यता नेपालको पुस्तान्तरण नगरी, विस्थापित नगरिकन राजनीति सुधार हुँदैन भन्ने ठूलो पार्टीका पुस्तान्तरणका कुरा गर्नेहरुलाई पनि राप्रपाले नेतृत्व लिएर सन्देश दिएको छ,’ उनले भने, ‘यो आन्तरिक चुनाव हो कुनै प्रकारको विजय जुलुस र जिन्दावादका नाराह लगाइरहनु आवश्यक छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय