शनिबार , बैसाख ८, २०८१

पल शाहबारे आयो खुसीको खबर, छुटे पल शाह, स्वागत गर्न पुगे रबि लामिछाने र राजेश हमाल Paul shah

र यो पनि
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले निर्वाचित भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ बिचको सम्बन्ध केही समय अगाडी उतारचढावपूर्ण रह्यो । तर, पनि अहिले आएर यी दुई बिचको सम्बन्ध हार्दिक देखिएको छ ।

लामो समय सम्म तिक्तक्तापुर्ण रहेको बालेन र हर्कको सम्बन्ध फेरी सुमधुर बन्दै गएको छ । धरानका मेयर हर्क साम्पाङले बालेनको पक्षमा दरिलो साथ दिएका छन् । अहिले चौतर्फी रूपमा बालेनलाई घेराबन्दीमा पार्न खोजिएको भन्दै उनले अब स्वतन्त्रहरू एक हुनु पर्ने बताएका छन् ।

काठमाडौँको फोहोर व्यवस्थापन देखी अवैध संरचनाहरूमा बालेनले डोजर लगाउँदा पनि धरानका मेयर साम्पाङले आलोचना गरेका थिए । दुई बिचको सम्बन्धमा ठुलो दरार उत्पन्न भएको थियो । हर्कले बालेन विरुद्ध स्ट्याटसको वर्षा गराएका थिए । अहिले भने साम्पाङ एकाएक बालेनको सपोर्टमा देखिएका छन् ।

सकुम्बासीबस्तीमा डोजर चलाएपछि बालेनको चौतर्फी आलोचना भए पनि हर्कले भने दरिलो साथ दिएका छन् । केही दिन अघि साम्पाङले लेखेको एउटा स्ट्याटस बालेनले सेयर गरिदिएका थिए । बालेनले आफ्नो स्ट्याटस सेयर गरे पछि दङ्ग परेका साम्पाङले त्यस यता लगातार बालेनको समर्थनमा स्ट्याटस लेखिरहेका छन् ।

एकातिर सुकुम्वासी बस्तीको विषय त अर्को तर्फ अमेरिकी राजदूतलाई भेटेको विषयमा एमालेका नेता भीम रावलसँग बालेनको जुहारी चलिरहेका बेला साम्पाङले भने यसलाई भने बालेनलाई गरिएको घेराबन्दीको रूपमा अर्थाएका छन् ।

मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै स्वतन्त्रहरू एक हुने समय आएको बताएका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्धको घेराबन्दी निन्दनीय रहेको भन्दै साम्पाङले स्वतन्त्रहरू एक हुने बेला आएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ १ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ , यो बेला अरूले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’

पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन्। लामो समय तिक्तक्तापुर्ण रहेको बालेन र हर्क साम्पाङको सम्बन्ध सुधार भए पछि देशैभरका समर्थकहरू खुसी देखिएका छन् ।

स्वतन्त्रहरू एक हुनु पर्ने बेला आएको भन्ने हर्कको बुझाइमा समर्थन गर्दै बालेन र हर्कका समर्थकहरूले प्रतिक्रिया जनाइरहेका छन् । हर्कको स्ट्याटसमा हजारौँले लाइक ,कमेन्ट र सेयर गरिरहेका छन् । बालेनको आलोचना गर्दै आएका साम्पाङ एकाएक कसरी प्रशंसक बनेर निस्किए भनेर कतिपय भने चकित बनेका छन् ।

सरकार गठनको रस्साकस्सी, निर्णायक भूमिकामा माओवादी
मंसिर ४ गते सम्पन्न आम निर्वाचनको अन्तिम नतिजा घोषणा नहुँदै दलहरु नयाँ सरकार गठनको रस्साकस्सीमा लागेका छन् ।प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमध्ये १६४ को नतिजा आइसक्दा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल सुरु गरेका हुन् ।

यस निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि प्रमुख दलका शीर्ष नेताहरु औपचारिक तथा अनौपचारिक भेटघाट र संवादमा जुटेका छन् । तर, नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा नेकपा माओवादी केन्द्र निर्णायक भूमिकामा देखिन्छ ।

नेपाली काँग्रेसले आफुले प्राप्त गरेको सीटका आधारमा मात्रै सरकार गठन गर्न सक्दैन । उसले ५७ सीट जितेको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत प्राप्त गरेको सीटका आधारमा सरकार बनाउन सक्दैन । उसले ४४ सिटमा जित निकालेको छ । यी दुई दललाई नयाँ सरकार निमार्णका लागि अन्य दलसँगको सहकार्य आवश्यक पर्ने हुँदा माओवादी केन्द्र निर्णायक देखिएको हो ।

त्यस्तै, काँग्रेसका संस्थापन (देउवा पक्ष) गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् भने काँग्रेसकै संस्थापनइतर (शेखर कोइराला पक्ष) गठबन्धनभन्दा बाहिर रहेर सरकार बनाउने तयारीमा देखिन्छन् । तर, निर्वाचनमा सँगै गएको सत्ता गठबन्धनमा सोचेअनुरुप मत नआएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धन तोड्ने मुडमा देखिन्छन् ।

एमालेले माओवादी केन्द्रसँगै सहकार्य गरेर सरकार गठनका लागि गृहकार्य सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आगामी सरकार निर्माणमा सहकार्य गर्न प्रस्ताव गरिसकेका छन् ।

यता, माओवादीले औपचारिक निर्णय नै गरेर अन्य दलसँग नयाँ सरकार गठनको विकल्प खुला गरेको जनाएको छ । यस्तो अवस्थामा माओवादीले एमालेसँग सहकार्य गर्ने प्रवल सम्भावना देखिन्छ । तर, आफूले प्रधानमन्त्री पाए वर्तमान सत्ता गठबन्धन नतोड्ने माओवादीका एक नेताले बताए ।

सरकार बनाउनका लागि कम्तीमा १३८ सी चाहिन्छ । तर, एमाले र कांग्रेस दुवै दलले पाएको सीट संख्याले उनीहरुलाई सरकार बनाउन बहुमत पुग्दैन । उनीहरुलाई अन्य दलका सांसदको समर्थन आवश्यक पर्छ ।कांग्रेसले ५७ सीट जितेको छ ।

यता, दोलखामा माओवादीले जिते उसको सिट संख्या १८ हुनेछ । तर, एमालेले जिते एमालेका सीट संख्या४५ हुनेछ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ सीट जितेका छन् । लोसपाले ४, नागरिक उन्मुक्तिले ३, नेमकिपा र जनमोर्चाले एक–एक तथा ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

समानुपातिकतर्फको अन्तिम परिणाम आउन बाँकी छ । यद्यपी, सातवटा पार्टीले थ्रेस होल्ड कटाइसकेका छन् । त्यसैले यी सात पार्टीले पाउने सम्भावित सीट संख्या अनुमान गर्न गाह्रो छैन । समानुपातिकमा सबैभन्दा धेरै मत पाएको एमालेले कम्तीमा ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपा र जनमतले ४–४ सीट पाउने सम्भावना छ । यद्यपी, एक दुई सीट तलमाथि हुनसक्छ ।

यसअनुसार कांग्रेसको जम्मा सीट ८९, एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राप्रपाको १४, जसपाको ११ र जनमतको ५ सीट हुनेछ ।

एमाले र माओवादीबीच सहकार्य भएमा अहिलेसम्मको परिदृष्यअनुसार यो गठबन्धनमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, जसपाको ११ सीट गरेर १३५ सिट हुने देखिन्छ । यस्तो अवस्थामा माओवादीको भूमिका निर्णायक हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय