शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं- नेपाली कांग्रेसभित्र प्रधानमन्त्री बन्ने नेताहरूको राम्रै भिडभाड छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, डा. शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गगन थापालगायतका नेताहरू दलको नेता हुने दौडमा छन् ।

यस्तैमा देउवासँग पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका शशांक देउवालाई सहयोग नगर्ने संकेत गर्दै फर्किएका छन् ।

दुई नेताबीच मंगलबार बिहान भेटवार्ता भएको थियो । निर्वाचित भएपछि उनीहरूओ पहिलो भेट भएको हो । भेटका क्रममा देउवाले संसदीय दलमा आफूलाई सहयोग गर्न शशांकसँग आग्रह गर्दै भोट मागेका थिए । तर उनले देउवालाई सहयोग नगर्ने संकेत गरेका थिए ।

शशांकनिकट स्रोतका अनुसार देउवाले संसदीय दलमा सहयोग गर्न आग्रह गरेका थिए । तर शशांकले भने हासेर टार्दै निस्किएका थिए । देउवाले यसपटक पनि गठबन्धनको सेन्टिमेन्ट अगाडी सारेका छन् । “गठबन्धनलाई लिएर जान म नै प्रधानमन्त्री बन्नुपर्ने अवश्यकता छ ।” देउवाले भनेका थिए ।

देउवाले भोट मागेपछि शशांकले फेरि भेटौंला भन्दै हाँसेर टारेका थिए । “फेरि भेटौँला, तपाईं भीडभाडमा हुनुहुँदो रहेछ,” शशांकले जवाफमा देउवालाई भनेका थिए ।

राजनीतिमा ‘फेरि भेटौँला’ भन्नुको अर्थ फरक हुन्छ । उनले देउवालाई योपटक संसदीय दलको नेतामा सहयोग गर्न नसक्ने सन्देश दिएर फर्किएका छन् ।

आफूलाई सहयोग गर्न र कांग्रेसभित्र पुस्तान्तरणको आवाजको सम्बोधन गर्न आग्रह गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय