बिहिबार , बैसाख १३, २०८१

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ आफ्नै श्रीमतीले न्यायाधीश गिरीमाथि बलात्कारको आरोप लगाएर प्रहरीमा उुजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

उनले प्रहरीमा दिएको उजुरीमा न्यायाधीश गिरीले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी परेपछि न्यायाधीश गिरीमाथि छानविन थालिएको प्रहरी स्रोतले बतायो ।

पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् ।

दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र पत्रको बोधार्थ पठाएको थियो ।

मानवअधिकारु आयोगकी सदस्य लिली थापाका अनुसार शारीरिक बन्धक बनाएर न्यायाधीशले यौन शोषण गरिरहेको उजुरी एक हप्ता अगाडि आइपुगेको थियो । “उजुरी आएपछि हामीले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानविन गर्न निर्देशन दिएका छौं’, उनले भनिन्, ‘न्यायाधीशको विषय भएकाले न्यायापरिषदलाई पनि पत्र पठाएर यस विषयमा अनुसन्धान गर्न आग्रह गरेका छौं ।’

उजुरीमा न्यायाधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप लगाइएको मानव अधिकार आयोगले जनाएको छ । तर ती महिलालाई २०७५ बैशाखमा न्यायाधीश गिरीले विवाह गरेको बताइएको छ । “पीडितले आयोगमा आएर पटकपटक करणी गरेर गर्भपतन गर्न लगाएको पनि खुलाएकी छन्”–आयोगकी सदस्य थापाले भनिन् ।

पीडित महिला ०७५ देखि नै न्यायाधीशसंग रहेको महिला आयोगले जानकारी दिएको छ । घटनाको अनुसन्धान सुरु भएपछि न्यायाधीश गिरी भने १५ दिने बिदामा बसेका छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानव अधिकार आयोगको पत्राचारका आधारमा छानबिन भइरहेको बताए ।

प्रहरीले न्यायपरिषदसँगको समन्वयमा अनुसनधान गरिरहेको छ । प्रहरी प्रमुख बस्नेतले पक्राउ गर्नैपर्ने भए न्यायपरिषदको अनुमति पाएपछि मात्रै प्रक्रिया अघि बढाउने बताए । उजुरी परेपछि न्यायपरिषदले समेत छानबिनका लागि एकजना सदस्यलाई जिम्मेवारी दिइसकेको स्रोतले बतायो । स्रोतका अनुसार, ती सदस्यले मंगलबारदेखि नै सोधपुछ लगायतका काम थालेका छन् ।

आफूमाथि छानबिन सुरु भएपछि न्यायाधीश गिरीले उच्च अदालत तुलसीपुरको बुटबल इजलासबाट १५ दिन विदा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय