मंगलबार , बैसाख ४, २०८१

बिदेशीहरु अब सबैतिर धाउन थाले; देशमा झन् अराजकता थपियो; राजा नफर्के देश रहदैन;

हेर्नुहोस यो पनी

हामी सुकुमवासी देखि त्रसित भयौ भन्दै, काठमाडौका स्थानीय बासिन्दाले सुकुमवासी वस्ती हटाउन माग गर्दै मेयर शाहलाई बुझाए ज्ञापनपत्र

काठमाडौं, २० मंसिर – काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुमवासीका कारण खोला प्रदुपषत भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् । अस्तव्यस्थ बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महशुस गरेको उल्लेख गरेका छन् ।

उक्त बस्तीमा रहेका वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमवासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । काठमाडौका स्थानीय बासिन्दाले हामी हतियार उठाउने देखि त्रसित भयौ भन्दै थापाथलीको सुकुमवासी वस्ती हटाउन माग गर्दै मेयर शाहलाई ज्ञापनपत्र बुझाए हुन् ।

पाथीभरामा रेडपान्डा

एउटा माउको पछिपछि तीन बच्चा हिँडिरहेको दृृश्य तीर्थयात्रीका लागि अनौठो थियो

ताप्लेजुङ — हरेक बिहान माथिल्लो फेदीबाट उकालो चढ्ने र दिउँसो ओरालो झर्ने राजेन्द्र महतले रेडपान्डाका बच्चाको हूल देखे । क्याउँक्याउँ कराउँदै आफूनजिक आएका बच्चालाई तीर्थयात्रीले हातले सुमसुम्याए र फोटो/भिडियो कैद गरे ।

एउटा माउको पछिपछि तीन बच्चा हिँडिरहेको दृृश्य तीर्थयात्रीका लागि अनौठो थियो । पाथीभरा मन्दिरका कर्मचारीसमेत रहेका राजेन्द्रले नजिस्क्याउन र अलग्गैबाट तस्बिर लिन तीर्थयात्रीलाई सुझाए । मानवीय दूरीबाट टाढिँदै जब बच्चाहरू आफ्नो आमाको साथमा गन्तव्यतर्फ लागे, तब मात्रै राजेन्द्रले पनि आफ्नो यात्रा तय गरे । ‘यत्तिको संख्यामा रेडपान्डाका बच्चा नियाल्न पाएको यो नै पहिलो पटक हो,’ उनले भने ।

पाथीभरा क्षेत्रमा असोज १२ गते बिहान हूलै हिँडेका रेडपान्डाका बच्चा देखिनु सुखद पक्ष हो । तर यहीँका देउराली, सेवारोचोक, भालुगौंडे लगायतका क्षेत्रमा पटकपटक मृत रेडपान्डा भेटिएका छन् । डिभिजन वन कार्यालय, रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चको सहकार्यमा जिल्ला पशु सेवा कार्यालयका भेटेरिनरी डाक्टरले तिनको पोस्टमार्टम पनि गरेका छन् ।

मलसाप्रो, कुकुरजस्ता जनावरको आक्रमणबाट रेडपान्डाको मृत्यु भइरहेको प्रतिवेदन नै तयार भएको छ । मृत भेटिएका र माउसँग जीवितै भेटिएकाले पाथीभरा क्षेत्र रेडपान्डाको राम्रो बासस्थान हो भन्ने पुष्टि गर्छ ।

यिनै तथ्यहरूले यो क्षेत्रलाई रेडपान्डा संरक्षण क्षेत्र कसरी बनाउन सकिन्छ भन्ने विषयको बहस पनि सुरु भएको छ । अन्य कुनै जनावर र बालीनालीमा समेत क्षति नपुर्‍याउने रेडपान्डा यो क्षेत्रमा प्रशस्त रहेको अनुमान स्थानीय र संरक्षणकर्मीको छ ।

रेडपान्डा नेटवर्कका कार्यक्रम संयोजक वाङचुक भोटियाले रेडपान्डाको राम्रो उपस्थिति देखेर यही क्षेत्रको देउरालीमा अध्ययन केन्द्र बनाएको बताउँछन् । यहाँ आधुनिक किसिमको भवन बनाइएको छ । गर्मीमा गर्मी र जाडोमा चिसो नहुने खालको सामग्री प्रयोग गरी भवन बनाइएको हो । नेटवर्कले स्थानीय गैरसरकारी संस्थासँगको सहकार्यमा संरक्षणको काम गर्दै आएको छ ।

ताप्लेजुङमा काम गर्ने संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार कोरोना महामारीअघिसम्म विदेशमा क्रियाशील संरक्षणकर्मी पाथीभरा क्षेत्रमा अध्ययनका लागि आएका थिए । उनीहरूले प्रशस्त मात्रामा फोटो र भिडियो खिच्ने अवसर पनि पाए । यो क्षेत्रलाई रेडपान्डा क्षेत्र बनाउनका लागि आफूहरूले सरकारी निकायसँग अनुरोध गरेको राई बताउँछन् ।

रेडपान्डा संरक्षणका लागि पाथीभरा क्षेत्रका सामुदायिक वनले अनुशासनको पालना पनि गरेका छन् । रेडपान्डा गर्भवती हुने समय साउनदेखि र बच्चा जन्माउने र हुर्काउने अवधि असोजसम्म यहाँ बासिन्दा घाँसदाउरा गर्न जंगलमा जाँदैनन् । सामुदायिक वनले आफ्नो वार्षिक कार्ययोजनामा नियम नै बनाएको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा बताउँछन् ।

सुकेटारदेखि काफ्लेपार्टीसम्म गाडीमा हर्न बजाउन पनि निषेध गरिएको छ । यहाँ आउने कुकुरबाट भने चुनौती रहेको उनले बताए । पाथीभरामा गरिने बलिको मासु खोज्दै कुकुरहरू जान्छन् । रेडपान्डा नेटवर्कका भोटिया कुकुर न्यूनीकरणका लागि तीन वर्षसम्म लगातार बन्ध्याकरण शिविर चलाएको बताउँछन् ।

‘मार्ने कुरो भएन,’ वाङचुकले भने, ‘पालेर बाँध्न भन्यौं, बच्चा नजन्माओस् भनेर बन्ध्याकरण शिविर चलायौं ।’ वन्यजन्तु पाइने क्षेत्रमा जैविक अध्ययन गरेर मात्रै सडक विस्तार गरिदिन, वनजंगलमा डढेलो नलगाउन र संरक्षण गर्नुको कारणका विषयमा समुदायलाई सचेत बनाउन कार्यक्रम भइरहेका छन् ।

पूर्वमा ताप्लेजुङ, पाँचथर, इलाम, खोटाङ, संखुवासभा, भोजपुरलगायत पहाडी जिल्लामा रेडपान्डा पाइन्छन् । रेडपान्डा नेटवर्कले छ वर्षअघि गरेको अध्ययनले ताप्लेजुङ, पाँचथर र इलाममा मात्रै तीन सय हाराहारीमा रहेको अनुमान गरेको थियो । पाँचथर र इलाममा कलरिङ गरेरदेशभर करिब ६ सयको संख्यामा रहेको अनुमान छ । यति थोरै संख्यामा रहेको जनावरको छाला चोरी तस्करीमा पक्राउ पर्ने क्रम भने अहिले पनि रोकिएको छैन । आफू निर्वाचित भएपछि पाथीभरा क्षेत्रलाई मन्दिर दर्शनसँगै वन्यजन्तुको अवलोकन स्थल बनाउन अध्ययन गरिरहेको फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन बताउँछन् । ‘मैले संरक्षणकर्मी साथीसँग पनि छलफल गरिरहेको छु,’ उनले भने, ‘योजना शाखा र इन्जिनियरसँग कुरा भइरहेको छ, एउटा निष्कर्षमा पुग्छौं ।’

प्रतिनिधिसभामा निर्वाचित सांसद योगेशकुमार भट्टराई जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिइरहेका बेला यसको न्यूनीकरण र पर्यटन प्रवर्द्धनका लागि विशेष योजना ल्याएर काम गर्नुपर्ने र आफू त्यो दिशामा लाग्ने बताउँछन् । रेडपान्डालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत अनुसूची १ मा सूचीकृत गरिएको छ । नेपाल, सिक्किम, बर्मा, दक्षिण चीनमा पाइने यो प्राणी नेपालका लाङटाङ, सगरमाथा, कञ्चनजंघा, मकालुजस्ता संरक्षण क्षेत्रमा पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय