शनिबार , बैसाख ८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सामाजिक संजाल मार्फत उनले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुने छैन।

उनले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भए पनि मान्नु पर्ने र कार्यान्वयनमा जानुपर्ने बताएका छन्।

अदालतका फैसलाका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित भएकोसमेत उनको भनाई छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था नभएको चेतावनी थापाको छ।

उनले सर्वोच्च अदालतको फैसला विवादास्पद रहेको पनि टिप्पणी गरेका छन् ।

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन माग गरेको छ । संवैधानिक इजलासले आज संसद पूनःस्थापनाको फैसला गरेरसँगै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटन गरेका थिए । प्रधानन्यायाधीश जबराले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय