राजेन्द्र लिङ्देनलाई रवि लामिछानेको प्रश्न- ‘चोर’सँग तालमेल ?

संघीयता र प्रदेश संरचनाबारे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको विचार लगभग मिल्दोजुल्दो देखिन्छ । दुवैले प्रदेश संरचनालाई यथास्थितिमा राख्न नहुने बताउँदै आएका छन् ।

मंसिर ४ को चुनावको मुखमा नयाँ पार्टी खोल्नुअघि रवि लामिछाने राप्रपामा जाने चर्चासमेत चलेको थियो ।

यसक्रममा राप्रपा नेताहरुसँग उनको केही चरणमा वार्तासमेत भएको राप्रपा नेताहरु बताउँछन् । तर, लामिछानेले अन्ततः आफ्नै पार्टी मात्र खोलेनन्, निर्वाचनमा राप्रपाको भन्दा ठूलो दल बनाएर देखाइदिए ।

रविले बेग्लै पार्टी नखोलेको भए राप्रपाको समानुपातिक भोट बढ्ने र राप्रपा अझै ठूलो पार्टी बन्ने सम्भावना रहेको सो पार्टीका नेताहरु बताउँछन् । रविको पार्टीले राप्रपालाई घाटा लगाएको उनीहरुको विश्लेषण छ ।

आखिर रवि लामिछाने र राजेन्द्र लिङ्देनबीचको राजनीतिक भिन्नताचाहिँ कहाँनेर रहेछ त ? रवि लामिछानेको नजरमा राप्रपा कस्तो पार्टी हो ?

यसबारे रास्वपाको चुनावी घोषणापत्रमा ‘विभिन्न पार्टीहरूप्रतिको धारणा’ उपशीर्षक हेरे पुग्छ । रविको दस्ताबेजमा राप्रपा र राजेन्द्र लिङ्देनमाथि कडा टिप्पणी गरिएको छ । राप्रपा र यसका अध्यक्ष लिङ्देनबारे रास्वपाको लाइन यस्तो छ-

‘पदीय भागबण्डा नमिल्दा राप्रपा फेरि फुटेको अवस्था छ । विचार एकातिर र तालमेल अर्कोतिरको अवस्था राप्रपामा पनि उस्तै छ । राप्रपाका अध्यक्ष जो अन्य पार्टीहरूका नेतालाई सार्वजनिक रूपमा चोर करार गर्थे, उनै अध्यक्ष चुनाव जित्नका लागि तिनै नेतासँग तालमेल गर्न पुगेका छन् ।

त्यस्तै आफ्नो पार्टीले खारेज नै गर्ने भनेको प्रदेशसभामा सबैभन्दा बढी उम्मेदवार उठाउने पार्टी बनेको छ ।

प्रदेश खारेजीको मुद्दा राखेर प्रदेशमा उम्मेदवार उठाउनुले मात्रै होइन, राष्ट्रिय राजनीतिमा अस्तित्व जोगाउनकै लागि अर्को पार्टीसँग अस्वभाविक तालमेल गर्नुले यो पार्टीमा पनि अवसरवादी र सम्झौतापरस्त चिन्तन हाबी भएको देखिन्छ ।’

कांग्रेस, एमाले र माओवादीबारे रविको विश्लेषण

त्यसो त मानिसहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको विचार र राजनीतिक लाइन के हो भनेर प्रश्न उठाइरहेका छन् ।

तर, सो पार्टीको घोषणापत्र ले नै यसको केही मात्रामा जवाफ दिएको देखिन्छ । लामिछानेको पार्टीले चुनावअघि सार्वजनिक गरेको दस्ताबेजमा कांग्रेस, एमाले, एकीकृत समाजवादी र माओवादीबारे यस्तो टिप्पणी गरिएको छ-

‘नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी : अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिहरूका लागि यिनै दल तथा यी दलहरूमा रहेका नेतृत्वहरूको सहभागिता, अगुवाइ र संघर्षबाट प्राप्त भएका हुन् । यसका लागि यी दलहरू धन्यवादका पात्र हुन् । –

यही कारणले पनि यी दलहरूलाई एकै समूहमा राख्नु उत्तम हुन्छ । त्यसका अतिरिक्त फरक-फरक सिद्धान्त र वादहरू पछ्याउने भनिए पनि व्यवहारतः कुनै पनि दल अर्को दलभन्दा फरक देखिँदैनन् पनि । कार्य, गतिविधि, संरचना, कार्यकर्ता, नेता कसैलाई पनि अलग-अलग राखेर हेर्दा एकबाट अर्को छुट्याउनै सकिँदैन ।

लोकतान्त्रिक भनिए पनि यी दलहरूमा व्यवहारतः पार्टीभित्र वा सत्ता सञ्चालनमा त्यो पुष्टि भएको देखिँदैन । पार्टीसत्तामा सीमित शीर्षनेताहरूको नियन्त्रण रहेकाले कार्यकर्ताको आधिकारिकता, राजनैतिक पदहरूमा बहाली र टिकट वितरण लोकतान्त्रिक बन्न सकेको छैन ।

पदीय बाँडफाँट तथा टिकट वितरणमा प्रारम्भिक निर्वाचन जस्तो लोकतान्त्रिक प्रकिया नपछ्याएर चाकडी, दाइले भाइलाई छान्ने अनि भाइले दाइलाई छान्ने जस्तो नातावाद र कृपावादमा आधारित कार्यकर्ताको आधिकारिकता वितरण, राजनीतिक पदहरूमा बहाली र टिकट वितरण भएकाले दलहरूभित्र व्यवहारमा लोकतन्त्रको प्रयोग हुन सकेको छैन भने सोही धरातलबाट राज्यसत्ता सञ्चालन भएकाले सम्पूर्ण मुलुकको लोकतान्त्रिक व्यवस्था नै जोखिमपूर्ण रहेको छ ।

अझ पार्टीभित्र लोकतन्त्रमाथि कुठाराघात हुँदा यी पार्टीभित्रका अब्बल र जान्नेहरूलाई सधैं अवसरबाट वञ्चित गराएर पाखा लगाइएको छ । यही कारणले देश स्वार्थ र भ्रष्टाचारको जालोमा फसेको छ ।

यति भएर पनि उचित विकल्पको अभावमा लामो समयसम्म यिनै दलहरू नै रोजाइमा पार्ने मतदाताको संख्या ठूलो थियो तर विगतका कर्तुत तथा स्थानीय निर्वाचनमा देखिएको परिणामले गर्दा यी दलहरूप्रतिको मतदाताहरूको वितृष्णा इतिहासमै सबैभन्दा धेरै छ ।’

मधेसकेन्द्रित दलबारे

रवि लामिछानेको पार्टीले मधेसकेन्द्रित दलहरुका बारेमा पनि आफ्नो लाइन स्पष्ट पारेको छ । उसको दस्ताबेजमा भनिएको छ-

‘सद्भावना पार्टीलगायतबाट उठ्दै गरेको मधेस मुद्दालाई मधेसी जनअधिकार फोरमले एउटा उचाइमा पुर्यायो । संघीयतालाई संवैधानिक व्यवस्था बनाउन सक्यो ।

उसको रापतापका कारण अन्य पार्टी छोड्दै सो दलमा समावेश हुनेहरू बढे । संविधानसभामा सो दलको उपस्थिति उल्लेखनीय थियो । विस्तारै सत्ता स्वार्थले मधेसकेन्द्रित दलहरू थपिँदै गए ।

कारण हो, उनीहरूबीचको टुटफुट । मिल्न र फुट्न यिनीहरूलाई केही गाह्रो लाग्दैन । सत्तास्वार्थका लागि जोसँग पनि मिल्ने यिनीहरूको प्रवृत्तिकै कारण तराईको वास्तविक समस्या राष्ट्रिय राजनीतिको मूलधारमा आउनै सकेको छैन ।

सुकुम्बासी समस्याबारे रवि लामिछानेको लाइन

अहिले सुकुम्बासी समस्या बहसमा आएको छ । काठमाडौं महानगरपालिकाविरुद्ध सुकुम्बासीहरु आन्दोलित छन् । यसबारे रावि लामिछानेको लाइन के छ त ? उनको घोषणापत्रमा भूमिहीनहरुको समस्याबारे यस्तो भनिएको छ-

‘उच्च जोखिमयुक्त भौगोलिक क्षेत्रमा रहेका तथा भूमिहीन नेपालीहरुका लागि सुरक्षित क्षेत्रमा रोजगारीसहितको एकीकृत बस्ती निर्माण गरिनेछ। भूमिहीनताको झूठो स्वघोषणा गर्नेलाई दण्डको व्यवस्था गरिनेछ ।

भूमिको डिजिटल नक्सा तयार पारी स्वामित्व, प्रकार (कृषि, बसोबास, जंगल आदि) र अन्तिम विक्री मूल्यको तथ्यांक अद्यावधिक गरी जनताको पहुँचमा ल्याउने व्यवस्था गरिनेछ ।

सार्वजनिक जग्गाको संरक्षण तथा सार्वजनिक भू-अतिक्रमण हुन नदिन कडा कानुन बनाइ कार्यान्वयन गरिनेछ । अतिक्रमण गरिएका जग्गा खोजीखोजी फिर्ता गरिनेछ ।’

‘सही स्वतन्त्र छुट्याउनै गाह्रो’

निर्वाचनमा एउटै क्षेत्रबाट दर्जनौं स्वतन्त्र उम्मदेवार उठेकाले सही स्वतन्त्र छुट्याउन गाह्रो रहेको रास्वपाको ‘वाचापत्र’मा उल्लेख छ । गैरदलीय उम्मेदवारका विषयमा भनिएको छ-

‘गत स्थानीय निर्वाचनपछि स्वतन्त्रहरूको पक्षमा लहर आएको देखिन्छ । तर, एकै क्षेत्रमा एक दर्जनसम्म उठेका स्वतन्त्र उम्मेदवारहरूमा को सही स्वतन्त्र भन्ने छुट्याउन गाह्रो छ ।

दलहरूका बागी तथा स्वतन्त्रका रूपमा उठाइने डमी उम्मेदवारले पनि स्वतन्त्रको पहिचानमा समस्या पारेको देखिन्छ । यसबाहेक संसदीय राजनीतिमा एक्लो व्यक्ति गएर नीतिनिर्माण तहमा कुनै हस्तक्षेप गर्न सक्ने अवस्था रहँदैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको छोटो अवधिमा नै यो समूहमा रहेका धेरै मानिसलाई समेटिसकेको छ । यद्यपि अझै पनि केही राम्रा मानिस बाँकी छन् ।

पुरानो राजनीतिक पारा र प्रवृत्तिविरुद्ध लागेका वा लाग्न चाहेकाहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य भरपर्दो विकल्प छैन । यसैले निर्वाचनअगाडि वा पछाडि यो समूहका राम्रा व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा समेटिनेछन् ।’

र यो पनि

म मुख्यमन्त्रीको दाबेदार हो : दिपक मनांगे
सुदर्शन खबर
1 hour ago

कसैले बनाउनुपर्दैन, आफैँ मन्त्री बन्न सक्छु, मुख्यमन्त्री दिएपनि काम छैन’: राजीव गुरुङ

२० मंसिर २०७९, \

सुदर्शन खबर

पोखरा ।

मनाङबाट प्रदेशसभा सदस्यमा विजयी भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले मन्त्री बन्नका लागि एकीकृत समाजवादी पार्टीमा नआएको स्पष्ट पारेका छन्। उनले मन्त्री आफैँ बन्नसक्ने बताए।

‘मन्त्री भनेको ठूलो कुरा होइन। यही पार्टीमा आएर मन्त्री बन्नुपर्छ भन्ने पनि छैन। म यतिकै मन्त्री बन्नसक्छु,’ मंगलबार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा उनले भने। उनले आफूलाई मन्त्रीको ठूल्ठूला अफरहरु आएकोसमेत बताए।

स्वतन्त्र विजयी भएका गुरुङले जिल्लाका साथीहरूसँग सल्लाह गरेरै पार्टीमा आएको बताए। उनले गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाबीसमेत गरे।

उनले मन्त्री कसैले दिएर पाउने चिज नभए बताए। ‘अबको मन्त्रीमा मैले दाबी गर्ने होइन। मेरो सभापतिले दाबी गर्ने हो,’ उनले भने। उनले मुख्यमन्त्री दिए पनि नचाहिने बताए। ‘मलाई मुख्यमन्त्री दिए पनि काम छैन। मलाई चाहिँदैन। त्यति एक्सपेरियन्स छैन,’ उनले थपे।

मनाङे गण्डकी प्रदेश सभाका युवा तथा खेलकुद मन्त्री छन्। मंसिर ४ गते भएको चुनावमा उनले मनाङको प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय