उषा राई मृ’त्यु प्रकरण : ह’त्या आरोपमा ४ जना महिला प’क्राउ

पोस्टमार्टम रिपोर्ट आउन अझै एक साता लाग्ने

धरान — एकल महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका ४ महिलालाई मंगलबार सार्वजनिक गरेको छ । धरान–१३ स्थित धार्मिक मार्गमा डेरा गरी बस्ने ४२ वर्षीया एकल महिला उषा राईलाई कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले ४ जना महिलालाई पक्रा’उ गरी सार्वजनिक गरेको हो ।

कुटपिटपछि २८ र ८ वर्षीया छोरीका आमा उषाको मंसिर १३ गते उपचारकै क्रममा मृत्यु भएपछि मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ४ जना पक्रा’उ गरिएको र अन्यको खोजी भइरहेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) बुद्ध श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार पक्रा’उ पर्नेहरुमा मुख्य आरोपी धरान–१३, सूर्य मार्ग बस्ने ५५ वर्षीया उर्मिला राई रहेकी छिन् । उर्मिलाले आफ्नो श्रीमान गोविन्द राईसँग उषा नजिकिएको भन्दै महिलाको समूह बटुलेर गत कात्तिक ३ गते कुटपिट गरेको आरोप लागेको छ । उनलाई मंसिर १५ गते पक्राउ गरिएको र १० दिनको म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताए ।

कुटपिटपछि घाइते भएकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना गरेर उपचार गर्दा गर्दै मृ’त्यु भएपछि कुटपिटमा संलग्न अन्य तीन महिलालाई पनि पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार मंसिर १६ गते सोही वडा बस्ने २६ वर्षीया सुमित्रा राई र धरान–१७ बस्ने २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बूलाई मंसिर १८ गते पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

मृतक उषाको पछि दुई वर्षअघि मात्र मृत्यु भएको थियो । पतिको मृत्युपछि एउटा सिलाइ बुनाइको मेसिन किनेर दुई छोरीका साथ बाख्रापालन गर्दै सूर्यमार्गमा टेलर पसल सञ्चालन गरेर जीविका चलाउँदै आएकी थिइन् ।

प्रहरीले उक्त घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि खोजी र अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता रहेको भन्दै जाहेरी परेकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तीन दिनअघि मात्र पोस्टमार्टम गरिए पनि रिपोर्ट भने आइसकेको छैन । पोस्टमार्टम रिपोर्ट आउन अझै एक साता लाग्ने बताइएको छ ।

नाति पुस्ताको रोजाइमा दौरा-सुरुवाल

‘केही वर्षयता दौरा–सुरुवाल मन पराउने युवा पुस्ता बढेको छ । डिजाइनमा आएको परिमार्जन एउटा कारण हुन सक्छ, अर्को चाहिँ परम्पराप्रति युवा मोह ।’

काठमाडौँ — गुल्मीका २५ वर्षे रेसम बस्नेतले सँधैजसो आधुनिक पोसाकमै सजिए  । यस पटकको दसैंमा भने उनी भिन्न देखिए, पुख्र्याैली पहिरन दौरा–सुुरुवालमा  ।

किनमेलको चटारोबीच दसैंअघि काठमाडौं इन्द्रचोक पुगेर उनले रेडिमेड दौरासँगै इस्टकोट र ढाका टोपी किने । यसअघि प्राय: उनको रोजाइमा जिन्स पाइन्ट र टिसर्ट पथ्र्यो ।

‘साथीभाइका कारण दौरा–सुरुवालतिर मोह जाग्यो,’ उनले भने, ‘सुरुवालको जाङ ठूलो हुने हुँदा अलिक असहजचाहिँ हुने रहेछ ।’

अमेरिकामा बस्ने कुशल श्रेष्ठ स्वदेशी पहिरनमा रमाउन चाहन्छन् । उनले यसपटक काठमाडौंमा रहेका आफन्तमार्फत दौरा–सुरुवाल मगाए । मौलिक पोसाक भए पनि उनको रोजाइँ भने आधुनिक शैलीमा छ । दौरा–सुरुवालमा केही मोडिफाइ गरिएका डिजाइन उनी रुचाउँछन् । खुट्टामा धेरै चुना नपरेको पाइन्ट स्टाइलको र दौरामा तुनाको सट्टा बटम डिजाइन राखेको पहिरन उनले रोजेका छन् । साथै कम्मरमा पटुकीजस्तै झल्किने ढाकाको पेटीसमेत उनले मगाए ।

‘युवा पुस्ताको चाहनाअनुकूल मौलिक पहिरनको शैलीमा पनि परिवर्तन आइरहेको छ,’ डिजाइनर कल्पना लिम्बु योङहाङले भनिन्, ‘यो स्वाभाविक पनि हो ।’

डिजाइनमा फयुजन
‘द हाइल्यान्ड आर्ट’ की प्रोपाइटरसमेत रहेकी कल्पना मौलिक पहिरन पनि समयसापेक्ष मोडिफाइ हुनुपर्ने धारणा राख्छिन् । एकातिर पुख्र्यौली पहिचान, अर्कोतिर त्यसको व्यवसायीकरण । यी दुवै चुनौती एक साथ पार गर्न मौलिकतामा आधुनिकता मिसाउनुपर्ने उनको तर्क छ । उनकै अनुभव सुन्ने हो भने डेढ दशक पहिले दौरा–सुरुवाल लगाउनुपर्छ भन्ने चासो युवाहरूमा खासै थिएन । पछिल्लो समय भने दौरा–सुरुवाल मन पराउने युवा पुस्ता बढेको छ ।

‘डिजाइनमा आएको परिमार्जन एउटा कारण हुन सक्छ,’ उनको अनुमान छ, ‘अर्कोचाहिँ परम्पराप्रति युवाहरूको मोह ।’ उनका अनुसार अचेल दौरामा हातैले बुनेको ढाकाको बोर्डर राख्ने चलन छ ।

समयानुकूल मान्छे छिटोछरितो पहिरन रुचाउँछ । यो बुझेर कल्पनाले ११ वर्ष पहिले दौरा–सुरुवालमा हल्का डिजाइन चेन्ज गरिन् । सुरुवालमा तुना राख्ने चलनसमयानुकूल मान्छे छिटोछरितो पहिरन रुचाउँछ । यो बुझेर कल्पनाले ११ वर्ष पहिले दौरा–सुरुवालमा हल्का डिजाइन चेन्ज गरिन् । सुरुवालमा तुना राख्ने चलन पुरानै हो । अचेल युवाहरू इँजारको सट्टा इलास्टिक राखेको मन पराउँछन् । त्यस्तै, दौरामा प्रयोग हुने तुनाहरूको सट्टा पनि हुक वा बटन चलनमा आएको छ । कल्पना भने तुनाको सट्टा बटन राख्नेमा सहमत छैनन् । यस्तो प्रस्ताव राख्ने ग्राहकलाई उनी निकै बुझाएर तुना नै राख्न लगाउँछिन् । ‘दौराको सौन्दर्य त्यही तुनामै हुन्छ,’ उनले भनिन् ।

बजारमा पोलिस्टरदेखि सुतीसम्मका दौरा–सुरुवाल पाइन्छन् । खाँडीको सबै भन्दा राम्रो मानिन्छ । यो दसैंमा मात्रै कल्पनाले ४ सयभन्दा बढी ग्राहकको दौरा– सुरुवाल माग पूरा गरिन् । औपचारिक कार्यक्रम र चाडपर्वमा दौरा–सुरुवाल लगाउन थालिएको उनको भनाइ छ । ‘मैले ४ हजारदेखि ७ हजार रुपैयाँसम्म पर्ने दौरा–सुरुवाल सिलाउने गरेकी छु,’ उनले सुनाइन् ।

‘पुरानै ठीक’
दौरा–सुरुवाल अभियन्ता राजानन्द माण्डव्यको भने आधुनिक डिजाइनप्रति विमति छ । ‘पैसा कमाउने नाममा जे पनि गर्न हुन्न । दौरा–सुरुवाललाई आधुनिक डिजाइनको खाँचो छैन,’ उनले भने, ‘डिजाइनरहरूले यसको ऐतिहासिक र मौलिक महत्त्व बुझ्न जरुरी छ । बजारमा के चल्छ भन्ने हिसाबले पुरानो शैलीलाई बिगार्न हुन्न ।’

त्यसो त केही वर्षयता राजानन्द लगायतका केहिले दौरा–सुरुवालको महत्त्व र लोकप्रियतालाई जीवित बनाउने अभियानै थालेका छन् । राष्ट्रिय पोसाक दिवस घोषणा गरेर पाँच वर्षयता उनीहरू यो अभियानमा लागेका हुन् । संयोजक छन् उनै राजानन्द ।

उनका अनुसार, सयौँ वर्षअघि लेखिएको मानिने ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधक शब्द ‘द्रापी’ उल्लेख छ । ‘द्रापी’ बाट ‘दौरा’ भएको उनको दाबी छ ।

विसं १६८० मा कोरिएको सिद्धिनरसिंह मल्लको एउटा रेखाचित्रमा तुना बाँधेको दौरा देखिन्छ भने मल्लकालीन मूर्तिहरूमा पनि यो पोसाक प्रयोग भएको पाइन्छ । ‘मेरो अध्ययनको आधारमा, दौरा–सुरुवाल नेपालका लगभग ७० प्रतिशत समुदायले लगाउने गरेका छन्,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय