बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निकटस्थहरुसँग परामर्श गरेका छन् । साँझ आफू निकट मन्त्रीहरुसँग परामर्श गर्दै ओलीले भावी रणनीतिबारे परामर्श गरेका हुन् ।

ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गठबन्धन बनाएर जानेबारे छलफल गरेका हुन् ।

ओलीले प्रचण्ड र माधव नेपाल पक्षलाई रोक्न पनि देउवासँग गठबन्धन गरेर जानेबारे कुराकानी गरेको बुझिएको छ ।

देउवालाई प्रधानमन्त्री बनाएर जानेसम्मको रणनीतिबारे ओलीले छलफल गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

उनले कुनै हालतमा प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न नदिने बरु देउवालाई साथ दिने स्पष्ट पारेको स्रोतले बतायो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि ओलीको सत्ता संकटमा परेपछि नयाँ रणनीतिका साथ बढ्न लागेका हुन् ।

उनले प्रतिनिधि सभामा अविश्वासको प्रस्तावको सामना गर्ने तयारी समेत गरेका छन् । त्यसपछि उत्पन्न परिस्थितिको विश्लेष गर्दै रणनीति चाल्न लागेका हुन् ।-फाइल तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय