बिहिबार , बैसाख १३, २०८१

काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक÷सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित

रुपमा बसिरहेका कथित सुकुमवासीका कारण खोला प्रदुपषत भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् । अस्तव्यस्थ बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महशुस गरेको उल्लेख गरेका छन् ।

उक्त बस्तीमा रहेका वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमवासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

र यो पनि

पल शाह जेलबाट निस्किए लगतै फ्लिम बनाउने योजनामा, यी हुनेछिन पल शाहको जोडी हेर्नुहोस।पल शाह जेलबाट निस्किए लगतै फ्लिम बनाउने योजनामा, यी हुनेछिन पल शाहको जोडी हेर्नुहोस

काठमाडौं । पल शाह यतिबेला जेलमा छन् । उनि नेपाली व्यावसायिक अभिनेता र मोडल हुन्। उनको पहिलो भिडियो तिम्रो यादमा रहन्छु अचेल जसले उनलाई चर्चित बनाएको थियो। उनले नेपाली चलचित्र क्षेत्रमा नाई नभन्नु ल ४बाट पर्दापण गरेका थिए। पछि उनले प्रेम प्रसङ्गयुक्त नाटक चलचित्र म यस्तो गीत गाउँछु, एक्सन चलचित्र जोनी जेन्टलम्यान र पारिवारिक नाटक चलचित्र शत्रु गतेमा अभिनय गरेका थिए।‘म यस्तो गीत गाउँछु’को सिरिज ‘म यस्तो गीत गाउँछु २’ बन्यो । दशृकले पनि खुबै मन पराए । तर ‘म यस्तो गीत गाउँछु ३ ’ बनाउने सोचमा रहेका निर्माता निर्देशक सुदर्शन थापाले पल जेल जानु अघि भने पल शाह र पूजा शर्माको जोडी नै ‘म यस्तो गीत गाउँछु ३ ’मा दोहोरीने बताएका थिए ।तर रोमान्टिक लभस्टोरी फिल्म निर्देशनमा स्थापित सुदर्शन थापाको साथमा अहिलेल चकलेटी हिरो पल शाह छैनन् ।

दोस्रो श्रृंखला रिलिजको मुखमा पल कानुनी झमेलामा फसेका पल कहिले बाहिर निस्कन्छन्, कुनै टुंगो छैन । र, ‘म यस्तो गीत गाउँछु ३’ कहिले बन्छ भन्नेमा पनि टुंगो छैन । अहिले सुदर्शनको पाइपलाइनमा तीनवटा फिल्म छन् । ती फिल्मपछि मात्र ‘म यस्तो गीत गाउँछु ३’को बारेमा सोच्न सकिने उनको भनाई छ ।उनले तेस्रो सिरिजका लागि पललाई पर्खिरहेको आशय पनि व्यक्त गरे । ‘

म यस्तो गीत गाउँछु ३’ निर्माणको कुरा के हुँदैछ भन्ने प्रश्नमा निर्देशक थापाले हाल आँफु अन्य प्रोजेक्टमा ब्यस्त रहेका कारण र पल शाह पनि जेलबाट निस्किएपछि थप छलफल गरेर अघि बढ्ने उनले बताए । निर्देशक थापाका अनुसार पल निस्केपछि फिल्मका लागि पहिलो रोजाई उनी नै हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय