शुक्रबार , चैत्र १६, २०८०

ख्याल ख्यालमै बालेन शाहले काठमाण्डौलाई नमुना शहर बनाएरै छोडे नपत्याए..,(भिडियाे हेर्नुस्)

ख्याल ख्यालमै बालेन शाहले काठमाण्डौलाई नमुना शहर बनाएरै छोडे नपत्याए भिडियोमा हेर्नुहोस | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-

अन्य समाचार :- खाेटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम दुई महिनाभित्र पूरा गर्न ठेकेदारलाई कागज गराएको छ ।

चार पटक म्याद थप हुँदा पनि खानेपानी आयोजनाको काम पूरा नगरेको भन्दै नगरपालिकाले जनप्रतिनिधि, सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रतिनिधि, उपभोक्ता समितिलगायतको उपस्थितिमा ठेकेदारलाई बोलाएर दुई महिनाभित्र काम पूरा गर्न कागज गराएको हो ।

दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मुख्य लाइनको ठेक्का लिएको दिवा–महादेव खिम्तीलाई माघ १६ गतेसम्ममा काम सम्पन्न गर्न कागज गराइएको छ ।

यस्तै काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मङ्गलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीलाई पनि आउँदो माघ १६ गतेसम्ममा आफ्नो काम सम्पन्न गर्ने गरी कागज गराइएको छ ।

यही आयोजनाको भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लिएको लामा कन्ट्रक्शनलाई पनि प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय