शनिबार , बैसाख ८, २०८१

काठमाडाैं ।

प्रचण्ड-नेपाल नेतृत्वको विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई हटाउनेबारे आफूहरूले अहिले केही नसोचेको बताएका छन्।

मंगलबार साँझ बिबिसी नेपाली सेवासँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिलाई हटाउनेबारे आफूहरूले नसोचेको बताएका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरेको भन्दै आफूहरूले कहिल्यै त्यसो नगरेको स्पष्ट पारे। राष्ट्रपतिलाई हटाउनुहुन्छ? भन्ने बिबिसीको प्रश्नमा उनले भने, ‘हामी अहिले त्यतारित सोचकै छैनौं । राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नुभएको हो। हामीले कहिल्यै त्यसो गरेका छैनौं। हामी राष्ट्रपति हटाउनेतिर लाग्दैनौं।’

बिबिसीसँगकै कुराकानीमा प्रचण्डले केपी ओलीलाई अध्यक्ष मानेर जाने सम्भावना नरहेको बताउँदै दलहरूसँग समझदारी गरेर अगाडिको बाटो तय गर्ने बताए।

उनले कांग्रेस सभापति शेरबहादुरसँग पनि यसबारे कुरा गरिसकेको बताउँदै भोलि चितवनबाट फर्किएपछि थप कुराकानी गर्ने बताए।

‘भर्खरै नेपाली कांग्रेससँग पनि र अन्य पार्टीसँग पनि कुरा भएको छ। राति नै या भोलि बिहानसम्म काठमाडौं पुग्छौं। त्यसपछि राजनीतिक पार्टीहरूसँग वार्ता गरेर जसरी देशको हित हुन्छ। सहमति बन्छ हामी त्यसरी नै अगाडि बढ्छौं,’ उनले भने।

पार्टी विघटन केपी शर्मा ओलीले गरेको प्रचण्डले बताए। उनले आज जनताको जित भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय