बिहिबार , चैत्र १५, २०८०

जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।

निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताए ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए ।

अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याउनेछु ।

यो पनि
पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न रुपन्देही कांग्रेसकाे माग

नेपाली कांग्रेस रुपन्देहीले लुुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी लैजाने जिम्मा संरचनाहरू निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ ।

प्रदेश सभाबाट दाङको देखुुरी उपत्यका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णयअनुसार अहिले त्यहाँ संरचना नै निर्माण नभएको अवस्थामा राजधानी सार्न हतार गरिएको भन्दै कांग्रेस रुपन्देहीले पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न माग अघि सारेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन् ।

तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयनगर्दा प्रदेश सरकार, संसद, विषयगत समितिलगायतका संरचनाको नियमित संचालन र व्यवस्थापन गर्न साथै प्रदेश सभा र सरकारसँगै जाने सांसद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जवर्जस्ती लैजानुु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्ने देखिएकोले तत्काल मुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रदेशको मुकाम कहाँ राख्ने र सार्नेभन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेशवासीको दैनिकीसँग जोडिने गरी कानुन निर्माणमा ध्यान दिन कांग्रेसले आग्रह गरेको छ ।

माओवादी पदाधिकारी बैठक : एमालेसँग पनि मिलेर सरकार गठन गर्ने विकल्प खुला

नेकपा (माओवादी केन्द्र) ले सरकार गठनमासबैखाले विकल्प खुला राखेको छ । आज (शनिबार) बसेको पदाधिकारी बैठकमा नयाँ सरकार गठनमा गठबन्धन र एमाले दुवैसँग विकल्प खुला राख्नेबारे छलफल भएको हो ।

बैठकपछि मिडियासँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनको लागि आफ्नो पार्टीले सबै विकल्प खुला राखेको सुनाए । उनकाअनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको समिक्षात्मक धारणा सुनाएका थिए ।

दाहालले गठबन्धनलाई निरन्तरता दिने कुरा राखेका थिए । तर, सरकार गठनको लागि एमालेसँगपनि सहकार्य गर्ने विकल्पलाई खुला राखिएको उनको भनाई छ ।

आजको बैठकमा उपमहासचिव हरिबोल गजुरेलले राखेको पत्रको बारेमा पनि अध्यक्ष दाहालले जवाफ दिएका थिए । गजुरेलले आफूलाई के कति कारणले टिकट नदिईएकोबारे जिज्ञासा राखेर यसअघि नै पत्र लेखेका थिए ।

यो पनि : दलहरूको भविष्यप्रति घण्टी बज्यो : अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद नरहेको टिप्पणी गरेका छन्।​ दलहरू माथि नै प्रश्न उठ्ने गरी निर्वाचनको परिणाम आउनु मुलुकका लागि हितकर नभएको उनको भनाइ थियो।

ललितपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले ठूलो संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरू नै बलियो हुनुपर्ने बताए। ‘बहुदलीय परिपाटी,

हामीले संघर्ष गरेर यत्रो बलिदानीका साथ ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रमा बहुदलीयतामाथि नै प्रश्न उठ्ने कुरा किन भइराखेको छ ? अब सोच्ने बेला आएको छ। हरेक दलभित्र सोच्नुपर्ने बेला भएको छ,’ उनले भने।

तिमिल्सिनाले सचेत समुदायले दलहरूलाई सच्याउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने स्पष्ट पारे। उनले राजनीतिक दलहरूलाई सच्चिन पटक पटक ध्यानाकर्षण गराए।

सानो सानो कुरा पनि किन डेलिभरी भइरहेको छैन ? मैले भन्यो भने पनि वायस हुन्छ। दलहरूलाई अव तिमीहरूको सिंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नुपर्‍यो नि,’ उनले भने।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन पेरिसडाँडा तात्यो

नेकपा (माओवादी केन्द्र) ले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निष्कर्षमा पुगेको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका

सबै दलसँग खुला रूपमा छलफल एवं सहकार्यका लागि सबै विकल्प खुला राख्ने निष्कर्षमा माओवादी केन्द्र पुगेको हो ।कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको पदाधिकारी बैठकले प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्न

सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको हो । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, सरकार गठन लगायत विषयमा छलफल गर्न बसेको बैठकले यस्तो निर्णय गरेको हो । आजको राजधानी दैनिकबाट

यो पनि : समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

काठमाडौं, ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणम करिब करिब अन्तिमतिर आइपुगेको छ । मतपरिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ भने समानुपातिकतर्फ एमाले पहिलो दल बन्ने पक्का भएको छ ।

समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार जसमध्ये एमालेले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने कांग्रेसले २६ लाख ५२ हजार ६ सय २८ मत प्राप्त गरेको छ ।

यस्तै माओवादी केन्द्रले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार दुई सय ५९, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ४३ र जनमत पार्टीले

तीन लाख ९४ हजार तीन सय ८५ मत प्राप्त गरेका छन् ।प्रतिनिधिसभामा प्रत्यक्षतर्फका एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस ५५ स्थानमा, एमालेले ४४ स्थानमा, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात स्थानमा जित हासिल गरेका छन् ।

स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।

कम्युनिष्ट नेतृत्वमा सरकार बन्ने

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले एमालेलगायतसँग ‘सरकार गठनका लागि छलफल गर्न सकिने र विकल्प खुला राखिने’ निर्णय गरेसँग कम्युनिष्ट दलको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने सम्भावना देखिएको छ ।

माओवादी केन्द्रका पदाधिकारीको शनिबार बसेको बैठकले ‘सरकार गठन का लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै सरकार गठनको कोर्स फेरिने’ सम्भावना देखिएको हो ।

जसअनुसार एमाले र माओवादी केन्द्रकै नेतृत्वमा नयाँ सरकार बन्न सक्ने सम्भावना बढेको हो ।एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन प्रक्रिया थालेमा त्यसको नेतृत्व ‘एमाले

अध्यक्ष केपी शर्मा ओली वा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेसक्ने तथा पालैपालो प्रणालीमा जानसक्ने वा त्यस्तो सरकार कम्युनिष्ट नेतृत्वको हुनसक्ने’ बताइएको छ । आजको राजधानी दैनिकबाट

यो पनि : ‘माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्छ’ – एमाले नेता रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रले छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्ने बताएका छन् ।पाँच वर्षमा आधा सिट घट्दा पनि माओवादीले दक्षिणपन्थी पार्टीलाई नेता मानिरहेमा

अब हुने निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न पनि मुश्किल हुने उनको दाबी छ ।‘कम्तीमा दोस्रो पुस्ताका र युवा नेता–कार्यकर्ताले अब त बुझ्नुपर्ने हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,

आफ्नै बचेखुचेको भविष्यका लागि पनि माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्छ ।दोलखामा माओवादीको अग्रता तोड्दै अघि लाग्यो एमाले

दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले लिएको अग्रता तोड्दै एमाले अघि बढेको छ ।प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको अहिले जारी मतगणनामा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका हुन् ।

सुरुवातदेखि अग्रता लिइरहेका माओवादीका गंगा कार्की पछि परेका छन् ।पछिल्लो मतपरिणामअनुसार कार्कीलाई १ हजार ५ सय मतले पछि पार्दै शिवाकोटी अघि बढेका छन् ।शिवाकोटीले १६ हजार २ सय १४ मत प्राप्त गर्दा कार्कीले १४ हजार ७ सय १५ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय