Mcc मुद्दा पुन ब्युताइने छ
जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।
जे गर्छ, ज्ञानेन्द्र साहिले गर्छ , अरु हिजडाहरुको कुनै दम छैन।

र यो पनि

नेकपा एमालेका नेता एवं प्यूठानका नवनिर्वाचित सांसद सूर्य थापाले आफ्नो पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।

‘कांग्रेससँगको गठबन्धनबाट धोका र असफलता बेहोरेकाले माओवादी केन्द्र सच्चिन खोजेको हुन सक्छ । तर एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सोच बनाएका छैन । पार्टी नेतृत्वले परिस्थितिको आकलन गरेर निष्कर्ष खोज्छ ।

संसद त्रिशंकु बनेको छ । कसलाई प्रधानमन्त्री बनाउने भन्ने छलफल सुरु भएको छैन । यो त माओवादीको पूर्वतिर हल्ला गरेर पश्चिमतिर हमला गर्ने गुरिल्ला ट्याक्टिस हुन सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने ।

एमालको जोड केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बनाउनेमा हुने पनि उनले स्पष्ट पारे । उनले भने, ‘सरकार दिने सन्दर्भमा सम्भावनाको खोजी स्वाभाविक हो ।

तर पोथीले अण्डा पार्नुभन्दा अगाडि चल्ला कोरल्ने हतारो किन गर्ने ? नेकपा एमालेको पहिलो जोड ओलीकै नेतृत्वमा जनचाहना र आकांक्षा बमोजिम सरकार बनाउने हो । त्यसपछि बाध्यताका छलफल हुन सक्छन् । तर अहिले नै हामीले हातखुट्टा छाडेर प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरिसकेका छैनौं ।

ओलीले संवाद अघि बढाउन प्रचण्डलाई बधाई दिनुभएको मात्र हो । हामी माफी मिनाहा गरेर अघि बढ्न सक्छौं ।’
प्रचण्डले ४१ वटा उम्मेदवारी दिएर एमालेभन्दा ठूलो पार्टी बन्ने मनोगत विश्लेषण गरेको आरोप पनि थापाले लगाए ।

उनले भने, ‘उहाँले मनको लड्डु घिउसँग खानुभयो । अब उहाँ महत्त्वाकांक्षाको जंगली घोडाबाट यथार्थको धरातलमा ओर्लनुपर्छ ।’

जनादेश बमोजिम कांग्रेस र एमाले मिलीजुली सरकार बनाउनुपर्ने मत पनि उनले राखे । थापाले थपे, ‘शेरबहादुर देउवाले टालाटुली बटुली मुलुकको दुई वर्षको समय खेर फाल्नुभयो ।

अब नुनिलो आँसु पिउँदै मुलुकमा नेकपा एमाले र कांग्रेसले एजेन्डामा आधारित सहमति गरेर सहकार्यको सम्भावना खोजेर अघि बढ्नुपर्छ । नेपाली कांग्रेसले प्रधानमन्त्रीको त्याग गर्नुपर्छ र मिलिजुली सरकार बनाउनुपर्छ । बरु आलोपालो सरकार बनाए हुन्छ । अब च्याँखे थाप्नेको राजनीति सकिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय