शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं : नेकपा माओवादी केन्द्रले अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

शनिबार बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सरकार गठनमा अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । माओवादी पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकमा हालै सम्पन्न चुनावको समिक्षा भएको थियो ।

बैठकमा नेताहरुले गठबन्धनबाट अपेक्षाकृत सफलता प्राप्त नभएपनि गठबन्धनको विकल्प खोज्न नहुनेमा जोड दिएको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धनलाई कायमै राख्ने विषयमा जोड दिइएको बताए ।

निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १७ सिट जितेको छ। उसले जारी मतगणनामा दोलखामा अग्रता लिएको छ। समानुपातिकतर्फ भने उसले १४ सिट ल्याउने आँकलन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय