शनिबार , बैसाख ८, २०८१

काठमाडौ । एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले संयोजक पदबाट

राजीनामा दिएका हुन् ।आगामी योजनाबारे छलफल गरेर अघि बढ्ने उनले बताए । सहमति कार्यान्वयन नहुँदै केन्द्रीय सदस्य मनोनीत गरिएकोमा पनि रावलले असन्तुष्टि जनाएका छन् ।

माधवकुमार नेपाल पक्षमा रहेका दोस्रो तहका नेता १०बुँदे सहमति भएसँगै एमालेमै बसेका थिए । नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भइसकेको छ ।तर, १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।

भीम रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा, पाँच पृष्ठ लामो फरक मत

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलको संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको छ ।

केन्द्रीय कमिटी र स्थायी कमिटीबाट पारित भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सहयोग नभएको र

सहमतिको बुँदा उल्लंघन गर्ने काम भएको भन्दै रावलले संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।

पार्टीमा भएको छलफल र कार्यदलको निर्णय लागू नहुने अवस्थामा पदमा बसिरहन उचित नभएकाले राजीनामा घोषणा गरेको हुँ, उहाँले भन्नुभयो, भोलि राजीनामा पत्र पेश गर्छु ।

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै

कमिटीहरूबाट पारित भएका विषय र बुँदाहरू अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो । १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न स्थायी कमिटी र केन्द्रीय कमिटीबाट पारित भएको हो, उहाँले भन्नुभयो

१२ बुँदे अन्तर पार्टी निर्देशन जारी गरिसकेको अवस्थामा पार्टीको निर्णय कार्यान्वयन नहुनु दुःखद् हो, मैले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु ।

उपाध्यक्ष रावलले प्रभु शाहसँगको कुराकानी मिलाउन अध्यक्षले मनलाग्दी तरिकाले दुई जना केन्द्रीय सदस्य थपेकोमा पनि असन्तुष्टि प्रकट गर्नुभएको छ ।

शुक्रबारको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गर्ने घोषणा गर्नुभएको थियो ।

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

कात्तिक १२ गतेभित्र १० बुँदे सहमति पूर्ण कार्यान्वयन गर्ने

काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनमानिर्वाचन प्रयोजनका लागि विद्यतुीय मेसिन प्रयोग गरिने भएको छ ।

दुई दिन चलेपछि सकिएको स्थायी कमिटी बैठकले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधिका मापदण्डबारे निर्णय कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने उहाँले बताउनुभयो ।

महाधिवेशनमा विभिन्न मुलकका मित्र र भाइचार पार्टी लगायत देशभित्र रहेका राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गर्ने निर्णय पनि एमालेको स्थायी कमिटी बैठकले गरेको छ ।

१० बुँदे सहमति आम रूपमा कार्यान्वयन भएको बताउँदै प्रवक्ता ज्ञवालीले एकाध ठाउँमा देखिएका समस्यालाई

१२ गतेको केन्द्रीय कमिटी बैठकसम्म पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठकले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विरामी भई अस्पताल भर्ना हुनु भएका पार्टीका सचिव योगेश भट्टराईको शिघ्र स्वास्थ्यलाभको कामना गरेको र

हालै दिवंगत हुुनु भएका पार्टीका पुराना नेता ओम कोइरालाप्रति श्रद्धा,ञ्जली समेत व्यक्त गरेको एमालेले जनाएको छ ।

एमाले कार्यदलमा १० बुँदे सहमतिको पुर्ण पाठ

काठमाडौँ । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको छ ।

सिंहदबारमा आइतबार झन्डै १३ घण्टा बसेको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए ।

कार्यदल सोमबारदेखि सक्रिय भएको हो । वार्ता सम्पन्न भएपछि नेता प्रदीप ज्ञवालीले निर्णय पढेर सुनाएका थिए ।

आइतबार सहमति भएमा स्थायी कमिटीबाट अनुमोदान गराउने तयारी गरेर दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक सोमबार सम्मका

लागि सारिएको छ भने पार्टीको केन्द्रीय कमिटीको बैठक असार २९ गते बिहान ११ बजेका लागि डाकिएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला

गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

नेकपा (एमाले) मा विद्यमान समस्या समाधान सम्बन्धी प्रस्ताव

विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक शुभेच्छुकहरु चिन्तित छन् ।

यसबाट नेकपा (एमाले) को आन्तरिक जीवन मात्र होइन, मुलुकको राजनीतिक स्थायीत्व, अग्रगति र एकता समेत कमजोर हुने हो कि भन्ने आशङ्का बढेर गएको छ ।

यस्तो स्थितिको अविलम्ब अन्त्य र विद्यमान समस्याहरुको समाधान गरी पार्टीलाई एकताबद्ध एवम् सुदृढ बनाउन पार्टीका सबै नेता कार्यकर्ताहरुले सकारात्मक योगदान गर्नु आवश्यक छ ।

यही निष्कर्षलाई आत्मसात गर्दै पार्टीको एकताको रक्षा, विकास र सुदृढीकरणका लागि निम्नलिखित निर्णय गरिएको छ ।

१) केही समययता पार्टीका आन्तरिक अन्तरविरोधहरु पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय