शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले नेपालमा प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको निर्णय राम्रो खबर भएको बताएका छन् ।

भारतको माथिल्लो सभा राज्य सभाका सदस्य समेत रहेका उनले नेपालका प्रजातान्त्रिक नेताहरु आफ्नो सम्पर्कमा रहेका र प्रजातन्त्र पुर्नवहाली हुने आशा समेत रहेका बताएका छन् । उनले भनेका छन्, ‘अब भारत–नेपाल सम्बन्धमा सुधार आउने छ ।’

सर्वोच्च अदालतले मंगलबार संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । साथै, १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनेको छ ।

सुरक्षा निकाय हाई अलर्टमा, कारण यस्ताे

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् ।

नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले अनलाइनखबरलाई बताएअनुसार सर्वोच्चको फैसला आउने संकेतका आधारमा ११ देखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरिएको थियो ।

त्यही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको अर्यालले बताए ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाइएको छ ।

‘भिड जम्मा हुनसक्ने र कुनै अप्रिय घटना नहोस् भनेर हाई अलर्टमा बसेका हौं’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालले अनलाइनखबरसँग भने ।

सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो ।

संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने सुरक्षा अधिकारीहरूको विश्लेषण थियो ।

सर्वोच्च अदालतले मंगलबार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको छ । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय