बुधबार , बैसाख १२, २०८१

काठमाडौं:

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली गएका छन ।

उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली गएका हुन ।

डा. भट्टराई स्वास्थ्य उप’चारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

उनी लामो समयदेखि पेट सम्बन्धी सम’स्याबाट पी’डित छन् ।

उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उप’चार गराउँदै आएका थिए ।

अहिले चिकि’त्सकहरुले न्युरो-इन्डोक्राइनको ट्यु’मर भएको आ’शंका गरी सल्लाह र सिफारिश गरेकाले उनी त्यसको उप’चारका लागि दिल्ली गएको जनता समाजवादी

पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

दिल्लीस्थित ‘इन्स्िटच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उप’चार हुने पाण्डेले बताए ।

भट्टराईसँगै उनकी पत्नी हिसिला यमी र पाण्डे नयाँदिल्लीमा रहनेछन् । यो पनि पढ्नुहोस:

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसे’डिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् ।

लोड’सेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’

भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।

नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका उनले आफू पहिलो पटक प्रधानमन्त्री भएको एक हप्ताभित्र झापाबाट अर्को तिहार अँध्यारोमा मनाउनु पर्दैन भनेपछि लोडसेडिङ हटेको उनको जिकिर छ ।

@kpsharmaoli_officialNagarik App ( part 3)

♬ original sound – KP Sharma Oli

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय