मंगलबार , चैत्र ६, २०८०

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय शुभ रहनेछ । सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन् । मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ । शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । पुराना समस्याको समाधान हुनेछ । भौतिक वस्तु तथा साधन–स्रोत जुटाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज समय मध्यम खालको छ । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । पहिलेको कमजोर नतिजाले जोश–जाँगरमा कमी ल्याउन सक्छ । अध्ययनमा त्यति ध्यान दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । आफ्नै कमजोरी आत्मसम्मानमा बाधक देखापर्नेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ । केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । परिश्रम परे पनि मिहिनेतको उपलब्धि प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय भरपर्दो छैन । परिस्थितिवश काममा व्यवधान हुनेछ। पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला । यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला । सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । अध्ययनमा समय दिन सकिनेछैन । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ । तर उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय शुभ छ । स्वास्थ्य ठीकठाक रहनेछ । समय लागे पनि सम्मानित काम गर्ने समय छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सभा–समारोहमा सहभागी बन्ने मौका छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय शुभ छैन, स्वास्थ्य भरपर्दो रहनेछ । विभिन्न अवसर प्राप्त भए पनि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ । वादविवादले काममा समस्या निम्त्याउन सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य औपचारिकतामा सीमित रहनेछ । मनको शंकाले रमाइलो परिवेशलाई समेत खलबल्याउन सक्छ । तर सदविचारले अभिप्रेरित हुनेहरूको दिनचर्या आनन्दमय रहनेछ । शुभचिन्चकहरूले साथ दिनेछन् । प्रेमको बन्धन कसिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय खराब छ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ । टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय तथा स्वास्थ्य अनुकुल छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज आज स्वास्थ्य सबल रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, समय खराब छ । स्वास्थ्यको हिसावले खराव रहेको छ । घु“डा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय शुभ छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुदै जानेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय