मंगलबार , चैत्र ६, २०८०

यी सुकुम्बासी हैन हुकुम्बासी हुन, खुकुरीले बालेन हान्न खोज्ने? कत्रो हिम्मत? सबलाई डोजर लाएर फाल्नुपर्छ (भिडियो)

यी सुकुम्बासी हैन हुकुम्बासी हुन, खुकुरीले बालेन हान्न खोज्ने? कत्रो हिम्मत? सबलाई डोजर लाएर फाल्नुपर्छ (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

साथमा यो पनि: गौशाला धर्मशालामा बनाइएका कुनै पनि भौतिक संरचना भत्काउन मिल्दैन: समिति
पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्राधिकार भित्रै नभएको गौशाला धर्मशालामा बनाइएको भौतिक संरचनाहरु भत्काउन खोजेको भन्दै मारवाडी सेवा समिति नेपालले आपत्ति जनाएको छ। पशुपति क्षेत्र विकास कोषले सो धर्मशालामा अवैधानिक ढंगले बनाइएका भौतिक संरचना भत्काउन सुरु गरेपछि समितिले यस्तो आपत्ति जनाएको हो।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्र भित्र नपरेको विषयमा हात हालेकाले ती भौतिक संरचनाहरु कुनै पनि हालतमा भत्काउन नदिने चेतावनी दिए।

सो क्षेत्र बैध भए/नभएको छानवीन गर्ने आधिकारिक निकाय काठमाडौं महानगरपालिका भएकाले पशुपति क्षेत्र विकास कोषले दिएको निर्देशन र पत्राचार आफूहरुलाई मान्य नहुने समितिको दाबी थियो।

समितिका अध्यक्ष गोयलले काठमाडौं महानगरपालिकाको निर्देशन तथा नेपाल सरकारको नियम, कानुन अनुसार आफूहरु चल्ने तर पशुपति क्षेत्र विकास कोषको निर्देशन र निर्णय भने पालना गर्न नसकिने बताए।

समितिले सो धर्मशालामा बनाइएका सटरभाडा सामाजिक सेवा कार्यमा मात्रै खर्च गरेको दावी समेत गरेको छ। अध्यक्ष गोयलले त्यहाँको सटरभाडा त्यही क्षेत्रको सामाजिक सेवा कार्यमा खर्च गरिएको स्पष्टिकरण दिए। उनले जग्गाको हकवाला सम्बन्धि विवादको निरुपण पनि अदालतले गर्ने भएकाले त्यसमा पशुपति क्षेत्र विकास कोषले केही पनि भन्न नमिल्ने जिकिर समेत गरे।

पशुपति क्षेत्र विकास कोषले सो गौशालामा अवैध रुपमा निर्माण गरिएको भौतिक संरचना शुक्रबार (हिजो)बाट डोजर लगाएर भत्काउने तयारी गरेको छ। तर समितिले भने त्यहाँ कुनै पनि खालको अवैधानिक संरचना नबनाएको जिकीर गर्दै भत्काउन अवरोध गरिरहेको छ।

कोषले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर आफूहरुमाथि हस्तक्षेपकारी भूमिका निर्वाह गरेको समितिका अध्यक्ष गोयलको आरोप छ।

अब, हेर्नुहोस समाचारको यो भिडियो

र यो पनि

नेपालको झन्डा फहराउदै विश्वकप फुटबल हेर्न कतार पुगेका गायक बद्रि पंगेनीले भर्खरै लेखे यस्तो स्टाटस-
काठमाडौं– लोक गायक बद्रि पंगेनी विश्वकप फुटबल हेर्न कतारस्थित रंगशालामै पुगेका छन्।आयोजक कतार र नेदरल्याण्ड्सबीचको खेल हेर्न उनी यतिबेला रंगशालामा छन्। रंगशालामा खिचिएका तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै उनले भनेका छन्, ‘हजारौं सपनामध्ये एउटा सपना पूरा भएको छ।’

उनी नेपालको राष्ट्रिय झण्डा बोकेर दौरा सुरुवालसहित रंगशालामा उपस्थित भएका छन्। गायक पंगेनीले आफूले आयोजक कतारको पक्षमा हुटिङ गर्ने बताए। खेलप्रेमी पंगेनी पोर्चगलका स्टार क्रिस्टियानो रोनाल्डोका फ्यान हुन अर्जेन्टिनाका लियोनल मेसीको पनि आफू शुभचिन्तक रहेको उनी बताउँछन्।

यद्यपि, उनलाई यसपल्ट इंग्ल्याण्डले जिते हुन्थ्यो लागेको छ। हालसम्मका खेल हेरिरहँदा भने साविक विजेता फ्रान्सले नै जित्न सक्ने सम्भावना देखेका छन् उनले। यसै बीच फिफा विश्वकप कतार २०२२ मा प्रतियोगिताको नियम नमान्दा चार पटकको विजेता जर्मनीले जरिवाना तिर्नुपर्ने भएको छ ।

जर्मनीले स्पेनविरुद्ध खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा प्रशिक्षकलाई मात्र उपस्थित गराएपछि फिफाले जरिवानासहित चेतावनी दिएको हो । फिफाले जर्मनी फुटबल संघलाई १० हजार स्विस फ्रान्क (१३ लाख ७५ हजार नेपाली रुपैयाँ) जरिवाना निर्णय गरेको हो ।

फिफा विश्वकपको मिडिया र मार्केटिङ नियमावलीको दफा २.७.२ अनुसार हरेक टोलीले खेलको अघिल्लो दिन हुने पत्रकार सम्मेलनमा प्रशिक्षकसँगै खेलाडी पठाउनुपर्ने उल्लेख छ । तर जर्मनीले स्पेनविरुद्ध खेलको अघिल्लो दिन प्रशिक्षक हान्सी फ्लिकलाई मात्र पत्रकार सम्मेलनमा पठाएको थियो । खेलाडी नपठाएपछि फिफाले चेतावनी दिँदै जरिवाना गरेको हो ।

विश्वकपमा हरेक खेलको अघिल्लो दिन सहभागी टोलीका खेलाडी र प्रशिक्षकले पत्रकार सम्मेलनमा अनिवार्य उपस्थिति जनाउनुपर्ने हुन्छ । यसबाहेक खेलको समाप्तिसँगै प्रशिक्षक र प्लेयर अफ द म्याचले पनि मिडियासँग बोल्छन् । यसबाहेक खेल सकिएपछि हरेक खेलाडी मिडियाका लागि छुट्टयाइएको क्षेत्र पार गर्नुपर्नेगर्नुपर्ने हुन्छ ।

जर्मन फुटबल संघ र फिफाबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन । जर्मनीका कप्तान म्यानुएल नोएरलाई ‘वन लभ’ अंकित क्याप्टेन ब्यान्ड लगाउन नदिएसँगै जर्मनीले फिफासँग छलफल गर्ने बताएको थियो । यसकै विरोधमा जर्मनीका खेलाडीले जापानविरुद्ध खेलमा टिम फोटो लिँदा हातले मुख छोपेका थिए । तर फिफाले यसबारे कुनै कारवाही गरेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय