बुधबार , बैसाख १२, २०८१

काठमाडौं-

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका कतिपय व्यक्तिहरु रोएको टिप्पणी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् ।उनले भने,‘यसले इलामका धेरै नेता तथा कार्यकर्ताहरुलाई पीडा भएको छ,

उहाँहरुले मलाई अहिलेपनि फोन गरिरहनुभएको छ, कतिपय साथीहरु रुनुभएको छ, मसँग । अरु साथीभाईहरुले पनि पीडा व्यक्त गर्नुभएको छ, जनताले पनि पीडा व्यक्त गरेका छन् ।’

आफूले हारेपछि अब इलाम विकासको दृष्टिकोणले पछि पर्ने भयो भनेर जनतामा पीडा रहेको उनको टिप्पणी थियो । उनले अहिले कसैको पनि बुहमत नआएकोले घमण्ड गर्ने दिन गएको सुनाए । उनले अब सबै दलले सहकार्य गरेर जानुपर्नेमा जोड दिए ।

यो पनि : बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै

काठमाडौं, बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ । बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ ।

दुई निर्वाचन क्षेत्रमा बुथ क’ब्जा गरेको आ’रो’प कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अनिर्णित नै छ । कांग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ ।

आयोगका पाँच पदाधिकारीको संयुक्त बैठकले यसबारे निर्णय गर्नुपर्ने हुन्छ । आयोगको बैठक मंगलबार पनि बसेको थियो, तर कुनै निर्णय गर्न सकेन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनी परामर्श लिएर आज निर्णय हुनसक्ने बताए ।

स्याङ्जा २ मा बुथ क’ब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताका नामबाट मतदान भएको दा’बी गरिएको छ भने बाजुरामाको त्रिवेणी–७ को मतदानस्थलमा वि’वा’द हुँदा प्रहरीको गो’ली लागेर सञ्जीव अयडीको मृ’त्यु भएको थियो ।

कांग्रेस समर्थित समूहको कु’टपि’टबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको मृ’त्यु भएको थियो । यहाँ पनि बु’थ क’ब्जाको आ’रो’प लाग्दै आएको छ । आयोगले वि’वादि’तमध्ये दोलखामा पुनः मतदानको निर्णय गरिसकेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय