मंगलबार , बैसाख ४, २०८१

एजेन्सी

टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन् ।

अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन् ।

ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ ।

मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै उनको सम्पत्तिमा बढोत्तरी भएको हो ।

मस्कको स्पेस एक्स कम्पनीले हालै सेक्वइया क्यापिटल कम्पनीलगायतका लगानीकर्ताबाट ८५ करोड डलर लगानी भित्राउन सफल भएको थियो ।

यो सँगै स्पेस एक्सको हालको बजार मूल्य ७४ अर्ब डलर पुगेको छ जुन गत अगष्ट महिनाको भन्दा ६० प्रतिशतले बढी हो ।

टेस्ला सीईओ मस्कले सन् २०२१ मा दोश्रोपटक अर्बपतिको सूचीमा पहिलो स्थान कब्जा गरेका हुन् ।

अघिल्लो हप्तामात्रै अमेजन सीईओ जेफ बेजोसले १ खर्ब ९४ अर्ब २० करोड डलर सम्पत्ति सहित मस्कलाई उछिनेर नम्बर वान धनाढ्य बनेका थिए । तर मस्कले एक हप्तामै बेजोसलाई पछि पारे ।

अघिल्लो हप्ता टेस्लाले बिटक्वाइन क्रिप्टोकरेन्सीमा डेढ अर्ब डलर लगानी गरेको घोषणा गरेको थियो । टेस्लाको लगानीसँगै बिटक्वाइनको मूल्य बढेर ५० हजार डलरसम्म पुगेको थियो ।

टेस्लाले आगामी दिनमा बिटक्वाइनलाई भुक्तानी मुद्राको रुपमा स्विकार गर्ने पनि बताइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय