मंगलबार , बैसाख ११, २०८१

सुकुम्बासीलाई उक्साएर हिरो बन्न खोज्ने ओलीको लाजमर्दो हर्कत बालेनले पारिदिए छताछुल्ल, ओलीको शीर निहुरियो ! (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रवृत्तिको उत्खन्न गरेका छन् ।

ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक(पटक राज्य संरचनाको नेतृत्व लिंदा ओलीले नदेखेको टिप्पणी गरेका छन् ।

‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन’ बालेनले लेखेका छन्,

‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश ।’

उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी ९सुन्धारा० सक्काएर सेतो टावर किन ठड्याउनुभयो रु भन्दै प्रश्न गरेका छन् ।

‘हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ’ उनले भनेका छन्,’यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन ।’

मेयर बालेनले अब परिस्थिति फेरिइसकेको भन्दै ओलीलाई चेतावनी दिएका छन् । ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला’, उनले चेतावनी दिएका छन् ।

बाजुरा र स्याङ्जाको निर्वाचन विवाद : १० औं दिनसम्म पनि आयोग अनिर्णित

स्याङ्जा–२ र बाजुराको निर्वाचन विवादमा १० औं दिनसम्म पनि निर्वाचन आयोग अनिर्णित बनेको छ ।

मतदान भई सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाइसकेको अवस्थामा प्रमुख दलहरु एमाले र कांग्रेसले एक अर्कामाथि धाँधलीको आरोप लगाउँदा स्याङ्जा–२ र बाजुरामा मतगणना हुन सकेको छैन ।

दुई ठाउँको स्थलगत टोलीले प्रतिवेदन पेश गरेपछि त्यसमाथि छलफल गरेका आयोगका पदाधिकारीहरुले गएराति अबेरसम्म पनि कुनै निर्णय गर्न सकेनन् । बुधबार फेरी यसबारे छलफल गरेर निर्णय गर्ने आयोगको तयारी छ ।

स्याङजा–२ मा एमालेले कांग्रेसमाथि बुथ क्याप्चर गरेको आरोप लगाएको छ । चापाकोटमा मरेका मानिसहरुको नाममा समेत मतदान भएको, बुथ क्याप्चर गरिएको अनि विदेशमा भएकाहरुको नाममा समेत मतदान भएको भन्दै एमालेले अहिलेसम्मका प्रक्रिया रद्द गरेर फेरी मतदान हुनुपर्ने माग गरेको छ ।

स्याङजा र बाजुराको विषयमा कांग्रेस र एमालेको केन्द्रीय नेतृत्वको छुट्टाछुट्टै टोलीले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउँदै तत्काल मतगणना सुरु गर्न माग गरेका छन् ।

सबै प्रक्रिया टुंगिएको, मतदान अधिकृतले गडबड भएकोबारे कुनै मौखिक र लिखित सूचना नदिएको, निर्वाचन अधिकृतले मतपेटिका समेत बुझेको र त्यसरी बुझाउँदा प्रमुख दलका प्रतिनिधिहरुले रोहवरमा हस्ताक्षर समेत गरेको भन्दै कांग्रेस मतगणना शुरु गर्नुपर्ने पक्षमा छ ।

तर स्थलगत टोली पठाउने विषयमा आयोगका पदाधिकारीहरुविच नै राय बाझिएको अवस्थामा मतगणना गर्ने कि फेरी मतदान गर्ने भन्नेबारे निर्णय हुन सकेको छैन।

बाजुराको पनि अवस्था उस्तै हो । त्यहाँ बुढीनन्दामा मात्रै मतदान स्थगित भएको थियो । अन्यत्रको मतपेटिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतलाई बुझाइएको छ ।

त्यहाँ भने कांग्रेस र एमालेले नै एक अर्कामाथि बुथ क्याप्चरको आरोप लगाउँदै केही ठाउँमा फेरी मतदान हुनुपर्ने माग गरेका छन् । दुवै दलले फेरी मतदान हुनुपर्ने भनी तोकेका ठाउँहरु भने फरक–फरक छन् ।

मतदानमा भएको विवादका कारण दोलखा, स्याङ्जा–२ र बाजुराको मतगणना प्रक्रिया अवरुद्ध थियो । यी ठाउँमा अध्ययन गर्न आयोगले सहसचिवहरु तुलसीप्रसाद श्रेष्ठ, फणिन्द्र गौतम र यज्ञप्रसाद भट्टराईको नेतृत्वमा छुट्टाछुट्टै टोली पठाएको थियो ।

दोलखाको हकमा फेरी मतदानको निर्णय भए पनि अरु दुई ठाउँको विवाद नटुंगिएको हो । दोलखामा भने भोलि (मंसिर १५ गते) पुनः मतदान हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले, निर्वाचन प्रक्रिया रोकिएका दुई क्षेत्रकै विषयमा आयोगको ध्यान केन्द्रित भएको र सकेसम्म छिटो निर्णय आउने बताए । उनले भने, ‘यी दुई विषयमा आयोगले प्राथमिकताका साथ काम गरिरहेको छ र निर्णय हुनासाथ थाहा हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय