बिहिबार , चैत्र १५, २०८०

काठमाडौं मसिर १४

४ मंसिरको चुनावले पुराना दल र ती दलका पुराना नेतालाई अस्वीकार गरिदिएपछि नेकपा माओवादी केन्द्रभित्र पनि यसले तरंग ल्याएको छ ।

पाँचदलीय गठबन्धन गरेर चुनावमा गएको माओवादी केन्द्र प्रत्यक्षतर्फ १७ सिटमा सीमित भएपछि पार्टी नेतृत्वमाथि प्रश्न उठ्न सुरु भएको छ ।

सो पार्टीका युवा नेता लेखनाथ न्यौपानेले पार्टी नेतृत्वले अहिलेको ट्रेन्ड नबुझे आफूहरुलाई मात्र नभएर पछि आउने पुस्तालाई पनि बर्बाद पार्ने बताएका छन् ।

शिलापत्रको द प्वाइन्ट अफ भ्यू कार्यक्रममा अन्तर्वार्ता दिँदै नेता न्यौपानेले राजावादी पार्टी राप्रपामा नेतृत्व परिवर्तन भएपछि उबार आएको उदाहरण दिँदै

त्यो ट्रेन्ड माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि बुझ्नुपर्ने बताए । उनले देशमा युवाप्रति लहर आएको उल्लेख गर्दै त्यो ट्रेन्ड बुझ्न जरुरी रहेको बताए ।

उनले राप्रपामा कमल थापाको बर्हिगनपछि नयाँ नेतृत्व आएको भन्दै त्यसलाई जनताले अनुमोदन गरेको टिप्पणी गरे । तर, आफ्नो पार्टीभित्र पनि अब यो हिसाबले सोच्नुपर्ने बेला आएको बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय