मंगलबार , बैसाख ४, २०८१

काठमाडौं:

विनु रायमाझी पौडेलले भनिन्– राष्ट्रपतिले आफ्नो श्रीमान्को ह’त्यारा खोज्न सक्नुभएन ।

अर्की महिलाको श्रीमान्को ह’त्यारा पत्ता लाग्दासमेत आममाफी दिनुभएको छ । हामी यसमा धेरै चिन्तित छौँ ।

किन न्याय हराएको भयो यो देश ? ह’त्यारालाई राष्ट्रपतिबाट नै आममाफी हुन्छ भने जनताले के सोच्ने ?

हामीले कसरी न्याय पाउँछौँ अब ? न्याय पाउन के गर्नुपर्छ ?

तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिवप्रसाद पौडेलकोे ह’त्यामा जे’ल स’जाय भोगिरहेका तीनजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकोमा परिवारले आ’क्रोश पोखेको छ ।

भरतपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै परिवारका सदस्यले सत्ता र शक्तिको आडमा राष्ट्रपति भण्डारीले ह’त्याका दो’षीलाई सफाइ दिएकोमा अस’न्तुष्टि जनाए ।

सर्वस्वसहित जन्मकै’द फै’सला भएका आठजनामध्ये सुनील केसी, फणीन्द्र श्रेष्ठ र दिलबहादुर मोक्तानलाई प्रजातन्त्र दिवसका अवसरमा आममाफी दिइएको छ ।

आममाफी नदिइएको भए केसी २० असार ०८७, श्रेष्ठ २३ साउन ०८७ र मोक्तान ३ भदौ ०८७ सम्म का’रागारमै रहनुपर्ने थियो । सरकारको सिफारिसमा आ’ममाफी पाउने तीनैजना नेकपा ओली समूहका समर्थक हुन् ।

छुटेका तीनैजना तत्कालीन नेकपा एमालेको युवा संघका कार्यकर्ता हुन् । मृ’तक शिवकी पत्नी विनु रायमाझी पौडेल, उनका १६ वर्षीय छोरा सिबिनजंग, दाजु तारानाथ र भाइबुहारी रीताले राष्ट्रपति भण्डारीले आम’माफी दिएकोमा वि’रोध गरे ।

विनुले ह’त्याको मुद्दामा का’रागार रहेका व्यक्तिलाई प्रजातन्त्रकै खिल्ली उडाउँदै आममाफी दिइएको र यसले आफूहरूमाथि अन्याय भएको बताइन् ।

उनले भनिन्, ‘अप’राधी जे’ल गएर पश्चा’त्ताप गर्दै थिए । कैद सजाय भुक्तान गरेपछि छुट्नु स्वाभाविक थियो, तर पहिले नै छुट्नु पी’डितमाथि अन्याय भयो ।’

विनुले नेकपा फुटेपछि कार्यकर्ता बढाउन प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले आम’माफी दिएको आ’रोप लगाइन् ।

राष्ट्रपति भण्डारीले आफू नारी भएर पनि अन्य नारीको मर्म नबुझेको उनले गुनासो गरिन् । ‘प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो पार्टीको सदस्य भयो भन्दैमा अप’राधीलाई आम’मा’फी दिने ?’ उनले प्रश्न गरिन् ।

उनले राष्ट्रपति भण्डारीलाई प्रश्न गरिन्, ‘उहाँ (राष्ट्रपति)ले आफ्नो श्रीमान्को ह’त्यारा खोज्न सक्नुभएन । अर्की महिलाको श्रीमान्को ह’त्यारा पत्ता लाग्दासमेत आममा’फी दिनुभएको छ । हामी यसमा धेरै चिन्तित छौँ ।

किन न्याय हराएकोे भयो यो देश ? ह’त्यारालाई राष्ट्रपतिबाट नै आममाफी हुन्छ भने जनताले के सोच्ने ? हामीले कसरी न्याय पाउँछौँ अब ? न्याय पाउन के गर्नुपर्छ ?’

शिवका भाइ गोविन्द पौडेलको पनि ३ जेठ ०६६ मा सार्वजनिकस्थलमै आक्र’मणपछि मृ’त्यु भएको थियो ।

भाइको ह’त्या अभि’योगमा थुनिएका बन्दीहरूको एउटा समूहले २० मंसिरमा भरतपुर कारा’गारमा गरेको आक्र’मणबाट सख्त घाइते तरुण दल चितवनका अध्यक्ष शिवको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार गर्दागर्दै २ पुसमा मृ’त्यु भएको थियो ।

चितवन केराबारीमा सञ्जय लामाको ह’त्या भएपछि पौडेलवि’रूद्ध ह’त्या अभि’योगमा उ’जुरी थियो ।

अभि’योगमै पौडेल पु’र्पक्षका लागि भरतपुर कारा’गारमा थु’नामा थिए । तत्कालीन कांग्रेस नेतृत्वको सरकारले शिवलाई सहिद घोषणा गरेको थियो ।

यस विषयमा नेपाल तरुण दलले पनि आ’पत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । नयपतृका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय