बिहिबार , चैत्र १५, २०८०

आँखा र सिङ तीन/तीन र मुख दुई वटा भएको गाई हेर्न भीडअनौठो प्रकारको गाईलाई हेर्न यहाँ मानिसको भीड लागेको छ ।

अनौठो गाई प्रत्यक्ष अवलोकन देखेकामध्ये कतिपयले यसलाई धार्मिक आस्थाका साथ पुजासमेत गर्दै आएका छन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

मकवानपुर हेटौडा १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको तीन आँखा र तीन सिङ र दुई मुख भएको गाईलाई बिभिन्न ठाउमा देखाइएको छ ।अनौठो गाई हेर्न भन्दै मानिसहरुको भीड लागेको छ ।

मन्दिरको सहयोगार्थ अनौठो गाई लिएर गुल्मीका विभिन्न स्थानहरुमा पुर्याइएको छ । गाईलाई गाडीमा हालेर स्थानीय बजार र चोक–चोकमा पुर्याइएको छ ।पुर्याइएको ठाउँमा मानिसहरुको भीड लाग्ने र उनीहरुले आफू सक्दो भेटी चढाउने मन्दिर व्यवस्थापन समितिका सदस्यले जानकारी दिए ।

विसं २०६८ फाल्गुन १६ गते जन्मिएको यो गाईलाई मन्दिर व्यवस्थापन समितिले संरक्षण गरेर राखेको छ । नब्याउँदै दुध दिने गरेको यस गाईले दैनिक रुपमा आधा माना दुध दिने गरेको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय