मंगलबार , चैत्र ६, २०८०

जनमतका आधारमा नेकपा एमाले देशकै सर्वाधिक ठूलो र लोकप्रिय पार्टीका रुपमा स्थापित भएको छ ।

संघ र प्रदेशको समानुपातिक तर्फ आएको मतलाई हेर्ने हो भने नेकपा एमाले अग्र स्थानमा रहेको छ ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार प्रतिनिधि समानुपातिक तर्फ नेकपा एमालेले सर्वाधिक मत सहित पहिलो स्थानमा रहेको छ । त्यसैगरी सातमध्ये ६ प्रदेशमा पनि एमाले अग्र स्थानमा छ ।

प्रपिनिधि सभामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस नेकपा एमाले भन्दा एक लाख ४३ हजार २८५ मतले पछि छ ।

९७ लाख १६ हजार ८६२ मत गणना गर्द एमालेले २६ लाख २१ हजार ६२६ मत ल्याएको छ भने कांग्रेसले ल्याएको मत २४ लाख ७८ हजार ३४१ रहेको छ ।

सात प्रदेश मध्ये ६ प्रदेशको समानुपातिक तर्फ नेकपा एमालेले अग्रता लिइरहेको छ । मधेस प्रदेश वाहेकका अन्य ६ प्रदेशमा नेकपा एमाले अग्र स्थानमा रहेको छ भने मधेश प्रदेशमा नेपाली कांग्रेस अगाडी रहेको छ ।

प्रदेश १

प्रदेश १ प्रदेश सभाको समानुपातिक तर्फ हाल सम्म १७ लाख १५ हजार ५०७ मत गन्दा ५ लाख ९९ हजार ९५९ मत सहित पहिलो स्थानमा छ ।

त्यस्तै ५ लाख ३ हजार १६३ मत सहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । एमाले र कांग्रेसका मतान्तर ९६ हजार ७९६ मत रहेको छ । तेस्रो स्थानमा रहेको राप्रपाले १ लाख ८२ हजार ९०९ मत ल्याएको छ ।
यस प्रदेशमा सम्पन्न चुनावमा कुल ३६ पार्टीले समानुपातिक तर्फ भाग लिएका थिए ।

यो प्रदेशमा जसपा र नेकपा एस प्रादेशिक राष्ट्रिय पार्टी बनिसकेका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि समानुपातिक सीट पाउन उन्मुख छ । अघिल्लो चुनावमा पनि मञ्चले एउटा समानुपातिक सीट पाएको थियो । यसैगरी यो क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेसनले पनि सीट पाउने सम्भावना बढेको छ । मञ्चले २६ हजार ३६ मत ल्याइसकेको छ ।

मधेश प्रदेश

मधेश प्रदेश सभाको समानुपातिक तर्फ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । १८ लाख ४१ हजार ४६१ मत गन्दा कांग्रेसले ३ लाख ५७ हजार ९२२ मत ल्याएको छ ।

दोस्रो स्थानमा रहेको एमालेले ३ लाख २१ हजार २१० मत ल्याएको छ । कांग्रेस र एमालेको मतान्तर ३६ हजार ७१२ रहेको छ ।
त्यस्तै तस्रो स्थानमा रहेको जनमत पार्टीले २ लाख ६६ हजार ८३२ मत ल्याएको छ ।

चौथो स्थानमा रहेको जसपाले २ लाख ६२ हजार ७४४ मत ल्याएको छ । पाँचौ स्थानको माओवादीले १ लाख ६७ हजार ६७ मत ल्याएको छ ।

छैटौं र सातौं स्थामा रहेका नेकपा एस र लोसपाले क्रमशः ९९ हजार ५०१ र ९६ हजार ३०७ मत ल्याएका छन् ।

यस प्रदेशमा कूल ३६ पाटीले समानुपातिक तर्फ चुनावमा भाग लिएका थिए ।

बागमती प्रदेश

हाल सम्म बागमति प्रदेश सभाको समानुपातिक तर्फ १६ लाख ७९ हजार ७१ मत गनिएको छ ।

जसमा ५ लाख ४ हजार ६६२ मत सहित एमाले अग्र स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख २९ हजार ८४ मत ल्याएको छ ।

यस प्रदेशमा समानुपातिक तर्फ ४१ पार्टीले भाग लिएका थिए । तेस्रो स्थानमा रहेको राप्रपाले २ लाख ५८ हजार ८९ मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेश

गण्डकीमा प्रदेश सभाको समानुपातिक तर्फ हाल सम्म ९ लाख १८ हजार ८३९ मत गनिएको छ । जसमा ३ लाख ४० हजार ५३३ मत सहित नेकपा एमाले अघि रहेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख १७ हजार ५९६ मत ल्याएको छ । प्रदेशमा कूल ३१ पार्टीले समानुपातिक तर्फ भाग लिएका थिए ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको प्रदेश सभा समानुपातिक तर्फ हाल सम्म १८ लाख ८७ हजार ७८ मत गनिएको छ । जसमा ५ लाख ७० हजार ९२१ मत सहित नेकपा एमाले अग्र स्थानमा रहेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले ४ लाख ९९ हजार ९८६ मत ल्याएको छ । त्यस्तै तस्रोमा नेकपा माओवादी केन्द्रले १ लाख ९८ हजार ४५० मत ल्याएको छ ।

यस प्रदेशको प्रदेश सभा समानुपातिक तर्फ कूल ३२ राजनितिक दलले भाग लिएका थिए ।

कर्णाली प्रदेश

प्रदेश सभाको समानुपातिक तर्फ कर्णालीमा हालसम्म ५ लाख ७७ हजार ८२९ मत गणना गरिएको छ । जसमा १ लाख ८३ हजार ९५० मत सहित नेकपा एमाले सबैभन्दाअघि रहेको छ ।

दास्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ७० हजार ७५६ मत ल्याएको छ भने तस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ मत ल्याएको छ ।

यस प्रदेशको प्रदेश सभा समानुपातिक तर्फ कूल २८ दलले भाग लिएका थिए ।

सूदूरपश्चिम प्रदेश

सूदूरपश्चिम प्रदेशको प्रदेश समानुपातिक तर्फ हाल सम्म ७ लाख ७८ हजार ३०४ मत गणना भएको छ । जसमा नेकपा एमाले २ लाख ३३ हजार ५२० मत सहित सबैभन्दा अघि रहेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख २६ हजार १७० मत ल्याएको छ । त्यस्तै तस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख १३ हजार ८६२ मत ल्याएको छ ।

यस प्रदेशको प्रदेश सभा समानुपातिक तर्फ कूल ३४ दलले भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय