मंगलबार , माघ १७, २०७९

काठमाडौ । पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाहलाई पृथ्वीनारायण शाहको अवतार रुपमा चित्रण गरेका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

भट्टराईले सा संजाल फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन । उनले काठमाडौ उपत्यकालाई ताचुव उपत्यकाको परिभाषा दिएका छन ।

भट्टराईले उपत्यकालाई हरिसिंह देव, जयस्थिती मल्ल, पृथ्वीनारायण शाह देखि वालेन्द्र शाह साग जोडेर एउटा स्टाटस लेखेका छन । बाटो बिस्तारमा आजसम्म कसैले गर्न नसकेको काम गरेर जनताको मनमुटुमा बस्न सफल भट्टराईले पछिल्लो चरणमा मेयर बालेनलाई आफू संग संगै तुलना गर्दै तारिफ गरिरहेका छन ।

उनले लेखेका छन, “काठमाडौं ताजुव उपत्यका हो । काठमाण्डौ ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुईबर्ष शासन गर्न दिएर लखेट्यो ।”

भारतीय राजा संगै उपत्यकाले नेपालका मल्ल राजा हुँदै पृथ्वीनारायण शाहको पनि चर्चा गरेका छ । उनले लेखेका छन, “पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चारसय बर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ।”

भट्टराईको धारणा सामाजिक संजाल फेशबुकमा सार्वजनिक हुनासाथ अहिले सामाजिक संजालभरी उनकै चर्चा चलिरहेको छ । कसैले यसलाई सकारात्मक रुपमा बुझेका छन भने कसैले आलोचना गरेका छन ।

यस्तो छ डा. बाबुराम भट्टराईले फेशबुकमा लेखेको स्टाटस

काठमाण्डौ ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुईबर्ष शासन गर्न दिएर लखेट्यो । पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चारसय बर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ।

टुकुचा खोला खोज्ने बालेनको आँट

२४ जेठ, २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो । तर, खोला खोज्न फिल्डमा गएन ।

२०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गर्‍यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।

टुकुचाको खोजीको विषय पटक-पटक उठ्दा पनि बीचमै सेलाउनुको मूल कारण थियो, जय नेपाल हल (नारायणहिटीको दक्षिण पर्खालसँगै सडकपारि) देखि काठमाडौं मलसम्म खोला नै गायब हुनु । यो खोला गायब भएका क्षेत्रमा ठूला-ठूला व्यवसायिक र आवासीय भवनहरु बनेका छन् । टुुकचा खोज्दा तिनलाई हटाउनु पर्ने अवस्था देखिएपछि महानगरको तत्कालीन नेतृत्वले आँट नै गर्न सकेन ।

हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचालाई करिब ४५० मिटरमा जमिनभित्र छोपिएको कुरा धेरैलाई थाहा नै थियो । तर, यति ठूला-ठूला कुन भवनको मुनि कुन भागबाट कस्तो अवस्थामा खोला बगिरहेको छ भन्ने कुरा खोजी नै भएन ।

३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर फेरि भन्यो, ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउनू ।’

सूचनामा घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैंले हटाउने चेतावनी दिएको थियो ।

यो पटक पनि टुकुचाबारेको सूचना विगतकै जस्तो ‘टाँस्नका लागि मात्रै हो’ भन्ने धेरैको अनुमान थियो । तर, बिहीबार दिउँसो साढे १ बजे जय नेपाल हलको परिसरमा महानगरको डोजर पुगेपछि भने अनुमान फेल खायो ।

यसपटक मेयर बालेन्द्र साह (बालेन) ले विगतको जसरी सूचना मात्रै जारी गर्ने तर, खोला नखोज्ने परम्परा तोडेका छन् । डोजर लिएर पुगेको महानगरको टोली बिहीबार दिउँसोदेखिनै जय नेपाल हलको उत्तरतर्फको परिसरमा खन्न तल्लीन रह्यो । सुरुमा जय नेपाल हलको परिसरमा करिब १५ फिट खोतल्दा महानगरले खोला ढाकिएको परम्परागत गुम्बज शैली नाला फेला पारेको थियो ।

निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल-कल बगिरहेकै छ । तर, जब नारायणहिटीको पर्खालबाट बाहिर निस्कन्छ, त्यसपछि भने खोला हेर्न झण्डै ५०० मिटर तल काठमाडौं प्लाजानजिक आउनुपर्छ ।

विहीबार जय नेपाल हलको परिसरमुनि टुकुचा खोला भेटिंदा स्थानीय वासिन्दा नै अचम्मा परे । टुुकुचालाई गहिरो खाल्डोमा ईंटाको डोलो पाइप बनाएर बगाएको भेटिंदा हेर्नेका भीड लाग्यो । जब इँटाको गोलो पाइपभित्र बगिरहेको टुुकचा देखियो, भीडले परर तालीले स्वागत पनि गर्‍यो । भीड यति थियो कि भेटिएको टुकुचा हेर्न आउनेहरुलाई पन्छाउन नगर र ट्राफिक प्रहरीलाई मुश्किल पर्‍यो ।

खोलाको हराएको भाग उत्खनन गरेको हेर्न महानगरकी उपप्रमुख सुनीता डंगोल आफैं पनि त्यहाँ पुगेकी थिइन् । उनले स्थानीयलाई सहयोगको लागि धन्यवाद दिइन् ।

कसले खायो टुकुचा ?

दशकौं अगाडि हराएको टुकुचा खोलाको कहिले र कसले अतिक्रमण पर्‍यो भन्नेबारे सरकार र महानगर, नापी विभाग अनभिज्ञ छ । खोलामाथिको जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता छन् । उनीहरुसँग लालपूर्जा छ ।

उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारी खोला छ भन्ने देख्दा देख्दै त्यसमाथि नापी गर्नु नै नापी विभागको गम्भीर त्रुटिर र लापरवाही भएको बताउँछन् । ‘शीरतर्फ पनि खोला छ, पुछारतर्फ पनि खोला छ, बीचमा खोला छैन भन्ने पनि हुन्छ ?’ उनी भन्छन्, ‘त्यसमाथि नै भवन बनाउन दिएर विगतमा महानगरपालिकाले पनि गल्ती गरेको हो ।’

तर, महानगरपालिका भने टुुकचामाथि बनेका र तोकिएको सेट-ब्याक नछोडिएका कुनै पनि घरको नक्सा पास नभएको दाबी गर्छ । महानगरका एक अधिकारीका अनुसार २०३३ सालमा यस क्षेत्रमा नापी भएको हे । त्यतिबेला नै यो क्षेत्रमा खोला क्षेत्र कायम गरिएको थिएन । यसले गर्दा यहाँको जग्गा व्यक्तिको नाममा दर्ता हुँदै किनबेच भएको भेटिएको छ ।

‘तल र माथि खोला छ भने बीचमा खोला छैन भन्ने मिल्दैन, त्यसैले महानगरले त्यहाँ खोला छ भनेर नै नक्सा पास गरेको थिएन’, ती अधिकारीले भने, ‘त्यसैले कतिपयले त्यहाँ खोला बग्ने भाग छाडेर पनि भवन बनाएका छन्, अटेरी गरेर बनाउनेहरुको संरचना भत्किन्छ ।’

काठमाडौं महानगरपालिका वडा नम्बर १ वडाध्यक्ष भरतलाल श्रेष्ठ खोला कहिले छोपियो भन्ने विषयमा जानकारी नभए पनि खोला खोज्न सुरु गरिएको बताउँछन् । ‘टुकुचा खोलाको विषयमा धेरै सुनेको हो, यहाँ पहिलो खुला रुपमै खोला बग्थ्यो भन्ने सुनेको हुँ,’ उनले भने, ‘अब पानी देखिने गरी खोला बग्छ ।’

काठमाडौं महानगरपालिका-३ का वडाध्यक्ष प्रेम थापाका अनुसार यो हराएको भाग टुकुचाको ‘बोटल नेक’ हो । यसका कारण माथिल्लो क्षेत्रमा खोला थुनिएर वडा नम्बर २ र ४ का खोला किनारका बासिन्दालाई सताउने गरेको छ । ‘२ नम्बर वडाको आधा क्षेत्रको टुकुचाको पानी जाम हुँदा वर्षायाममा डुबानमा पर्छ,’ उनी भन्छन् ।

निरन्तर उत्खनन्

काठमाडौं महानगरपालिकाका मेयर बालेनको सचिवालयका अनुसार जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मको करिब ४ सय ५० मिटर टुकुचा खोला तत्काल खोलिनेछ । ‘नदीलाई अतिक्रमण हटाइने छ र छोपिएको भाग खुला हुने छ, काम निरन्तर हुन्छ,’ मेयर बालेनका सचिवालय सदस्य सुनील लम्साल भन्छन् ।

खानी तथा भूगर्भ विभागको प्राविधिक सहयोगमा खोलाको भूमिगत भएको स्थानहरु पत्ता लगाएपछि चिहृन लगाएर महानगर प्रहरीको सहयोगमा डोजर चलाएको लम्सालले बताए ।

काठमाडौं महानगरपालिकाले तीन जना इन्जिनियरलाई डोजर चलाउने स्थानमै राखेर काम गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । उनका अनुसार दैनिक विहानदेखि बेलुका ९ बजेसम्म दैनिक खोला उत्खनन गरिने छ ।

महानगरपालिकाका मेयरका रुपमा बालेनआएपछि महानगरले बोनाफाइड इन्जिनियरिङ कन्सलटेन्सीमार्फत टुकुचाको खोला पहिलेको अवस्था, हालको भएको अतिक्रमण र महानगरले महानगरले गर्नुपर्ने कामको सम्बन्धामा अध्ययन भएको थियो ।

टुकुचा काठमाडौं महानगरभिर्त्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तलको क्षेत्रमा तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ । तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत नक्सा मिचेर घर, टहरा र संरचनाहरु बनाइएका छन् । अब तोकिएको सबै बहाब क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने मेयर बालेनको योजना छ ।

यो खोलाको पानी प्रशोधनका लागि बाग्मतीमा मिसिनुअघि कमालमोचन घाट क्षेत्रमा प्रशोधन गर्न अहिले करिब ३ अर्बको लागतमा फोहोर पानी प्रशोधन केन्द्र बनाइँदैछ । यो काम सकिएपछि टुकुचाले शहरकै बीचमा लुकेर बग्नुपर्ने अवस्था नआउने महानगरका अधिकारीहरु दाबी गर्छन् ।मेयर बालेन शाह र राजतन्त्र बिरुद्ध बोल्दा मंगल थापा माथि मुक्का प्रहार गरी भाचिदिए मुख भरिका दातहरू हेर्नुहोस् भिडियो सहित् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय