चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । छामिछाने ६४१६२ मतले बिजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

त्यस्तै उनले ४९ हजार २६१ मत ल्याउदा नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५०९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ मत प्राप्त गरेका छन् ।चितवन क्षेत्र न.२ बाट नवनिर्वाचित सान्सद रवि लामिछानेले कहिँ कतै बाटो बिराए खबरदारी गर्न आग्रह गरेका छन् ।

आफ्ना प्रतिस्पर्धी कृष्णभक्त पोखरेल सङग कुरा गर्दै आफू बाटो नबिराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । मैले कहिँ कतै बाटो बिराएभने मलाइ खबरदारी गर्नुहोला, म तपाईहरुकै मार्गनिर्देशन अनुसार चल्नेछु, रविले भने । सामाजिक संजाल मार्फत रविले आफुलाई फूलमाला अबिर भन्दा पनि भ्रष्टाचारीको सूचना लेखेर ल्याउन अनुरोध गरेका छन् ।

उनले भनेका छन् -एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला।

अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।

उनले बिजय र्याली नगर्ने र बिभिन्न स्थानमा धन्यवाद सभा गर्ने समेत बताएका छन् ।यस्तो छ रविको अनुरोध -राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍याली गर्न चाहन्न।

म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा “धन्यवाद सभा” गर्दैछु ।एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला।

म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला।

माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ। म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।।।

मतदानको सुखानुभूति

यही मंसिर ४ गते भएको संघीय र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने मानिसहरू विगतको तुलनामा कमै देखिन्थे । किनभने गणतन्त्र आएपछि पनि जुन राजनीतिक दल सरकारमा पुगे पनि झुठा आश्वासन र झुठा सपनाहरू बाँड्ने कामभन्दा केही गर्न जानेनन् ।

त्यसैको परिणामस्वरूप आम नागरिकहरूको निराशा र आक्रोशको अभिव्यक्ति थियो- मतदानमा कम सहभागी हुनु र सहभागी भए पनि स्थापित राजनीतिक शक्तिलाई मत नदिनु । यसपालिको निर्वाचनले पुराना राजनीतिक शक्तिहरूलाई सुध्रिन र जनतालाई सधैं भोट बैंकको रूपमा मात्र नहेर्न सन्देश दिएको छ ।

जनताको मन–मस्तिष्कमा सधैं परिवर्तनको चाहना भइरहन्छ । त्यसैको परिणाम नयाँ राजनीतिक शक्तिको उदय भएको हो । चुनावमार्फत नेपाली राजनीतिक इतिहासमा नयाँ अनुहार नयाँ जोस, जाँगर लिएर आएका छन् । यिनीहरूको जोस–जाँगरलाई अबका संसद् र सरकारहरूले उचित ढंगले व्यवस्थापन गर्न हिच्किचाउनु हुँदैन । नत्र उनीहरूले नै यसको मूल्य चुकाउनुपर्छ ।

युवा पंक्ति भनेका हिजोका राजनीतिक आन्दोलनहरूमा सहभागी हुने मात्र होइन, देश र जनताका लागि सही नेतृत्व गर्न सक्ने शक्ति पनि हो । युवा शक्तिले नेतृत्व गर्नुपर्छ भन्ने समयको मागलाई गम्भीर भएर सुनेनन् भने भोलि हाम्रा राजनीतिक शक्तिहरूले पछुताउनुपर्नेछ । यस्तो जनभावना बुझेन भने अबको सरकार जनताबाटै बहिष्कारको सिकार हुनेछ ।

यो पंक्तिकार पनि भोट हाल्नका निम्ति नजिकको मतदान केन्द्र पुग्दा मान्छेको घुइँचो पहिलाजस्तो थिएन । तर जति आएका थिए एकदमै अनुशासित भएर मतदानमा सहभागी भइरहेका थिए । आफ्नो मत दिइसकेपछि म त्यहाँ बसेर वरिपरिको वातावरण नियालें सबै शान्त ढंगले मतदान गरिरहेका थिए । मनमा एक प्रकारको खुसीको अनुभूति भयो ।

आफ्नो ठाउँ, गाउँमा यति सहज रूपमा मतदान भइरहेको देख्दा कसको मन खुसी नहोला र ? ठाउँ–ठाउँबाट झडपका खबरहरू आइरहेका थिए यहाँ भने यति शान्तिपूर्ण वातावरणमा सचेत नागरिकहरू मतसँगै मौन विचार पनि प्रकट गरिरहेका थिए । ती मत नदिने नागरिकहरूलाई मतले प्रश्न गरिरहेका थिए, आखिर किन हामीले लामो संघर्ष गरेर ल्याएको व्यवस्थाप्रति यति वितृष्णा ? राजनीतिक दलका सबै नेताहरू खराब पनि छैनन् ।

गल्ती गर्नेहरूलाई नदिए पनि सज्जनलाई मत किन दिएनन् ? त्यसमा किन कन्जुस्याइँ गरे ? यस्तैयस्तै प्रश्नहरू खेलिरहे मनमा । बाहिर भने शान्त र मौन रहेरै हाँसेर बसिरहें ।

जिन्दगीमा धेरै कुराको अनुभूति गरियो । किन–किन यो मन निर्वाचनमा मतदान गर्दा त्यसै रमाउँछ, फुरुंग हुन्छ । लोकतन्त्र, प्रजातन्त्रप्रति आस्था राख्ने मान्छे भएको हुनाले होला । मतदान गरेर बस्दै गर्दा एक जना सञ्चारकर्मीले सोधिहाले, ‘किन मत दिनुहुन्छ ?’ जवाफ दिइहालें, ‘म मत विचार दिन दिन्छु र सचेत नागरिकको कर्तव्य पूरा गर्न दिन्छु ।’

उनी चुपचाप लागेर मेरो अनुहारतिर हेरिरहे, म मुसुक्क हाँसिदिएँ । अब छिट्टै सरकार बनाउने खेल सुरु हुँदै छ । यो खेल सुरु हुनु पहिला अब सरकार बनाउनेहरूले सोच्नुपर्छ- देश र जनतासँग गरेका प्रतिबद्धताहरू के कसरी पूरा गर्ने ? युवाहरूको प्रतिनिधित्व कसरी गराउने ? उनीहरूका मुद्दाहरू के कसरी सम्बोधन गराउने ?

जनताले जनमत एक दललाई मात्र सरकार बनाउने गरी दिएका छैनन्, सबै मिलीजुली सरकार बनाउन दिएका छन् । कसको नेतृत्वमा सरकार बन्ला, यो हेर्न केही दिन बाँकी छ ।

जसको नेतृत्वमा सरकार बने पनि जनता र देशप्रति इमानदार भएनन् भने अब जनताले यिनलाई जनमत मार्फत मौन पाराले सजाय दिने निश्चित छ । यो देश र जनतालाई कसैले पनि आफ्नो स्वार्थको भाँडो नबनाऊन् ।मेरो लागि फुलमाला होइन भ्रष्टाचारीको लिस्ट लिएर आउनुस – रबी लामिछाने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय