शुक्रबार , चैत्र १६, २०८०

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् । मंगलबार आम निर्वाचनको विषयमा भिडियो वक्तव्य कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएकाले सबै कम्युनिष्टहरु एक हुनु पर्ने बेला आएको बताए ।

झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्– ‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू ।’

कम्युनिष्ट समर्थक जनतालाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्र भइरहेको उनको बताएका छन् । नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने षड्यान्त्र भइरहेकाले सचेत हुनुपर्ने उनको भनाइ छ ।

महासचिव विप्लवले सबैले कमजोरी सच्याउनु पर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रममात्रै रहेको बताएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय